अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, विकास संचार, समाचार
काठमाडौं । समयमै काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको आज एक सार्वजनिक सूचना जारी गर्दै जनाएको छ । तीन निर्माण कम्पनीलाई तीन वर्ष, दुई निर्माण कम्पनीलाई दुई वर्ष, एउटालाई डेढ वर्ष र बाँकी सात निर्माण कम्पनीलाई एक वर्षसम्मका […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेलरमट्टितेलमा ३ रुपैयाँ बढाइएको हो । खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको आयल निगमले बिहीबार साँझ विज्ञप्तिमार्फत जनाएको छ । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको […]
गोलबजार (सप्तरी), ४ भदौ । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाकामा राजस्व उठाउने बलान बिहुल–४ बेल्हीस्थित छोटी भन्सार कार्यालय दुई कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आइरहेको छ । सो कार्यालयमा कार्यालय सहयोगी जोगिन्द्र यादव र खडकबहादुर कार्की कार्यरत हुनुहुन्छ भने जिल्लाकै डाक्नेश्वरी नगरपालिकामा रहेको पातो छोटी भन्सार कार्यालय पनि कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेको छ । उक्त दुवै […]
काठमाडौँ, ४ भदौ । भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, वाग्मती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी […]
बिराटनगर । सामुदायिक विद्यालय अर्थात् समुदायको सम्पत्तिलाई नमास्न सामुदायिक विद्यालय व्यवस्थापन सुधार समिति महासंघ नेपालले देशभरिका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा इकाई प्रमुखमार्फत ज्ञापनपत्र बुझाएसँगै मोरङले पनि यसप्रति गम्भीर ध्यानाकर्षण सहित आफ्ना मागहरू अघि सारेको छ । संघीय सरकारले पछिल्लो समय तयार पार्न लागेको ऐन विधियकको रूपमा सदनमा जानुपूर्व यसप्रति घोर आपत्ति प्रकट गर्दै […]
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन आज गालिँदै छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । यसअघि हिजो ‘ब्रेक शू’ बाट सुन छुट्याउने काम भएको थियो । यसरी निकालिएको सुन ६० किलो ७८९ ग्राम रहेको […]
काठमाडौं । ग्लोबल आइएमई बैंक सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचिको पहिलो नम्बरमा परेको छ । आर्थिक वर्ष २०७९र८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो । अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लोबल आइएमई बैंकले गत आवमा पाँच अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेको छ । […]
काठमाडौं। सरकारले एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टीकृत निकाय भएकाले ब्युरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन्। क्विन्टल सुन प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान जारी छ । उच्च सरकारी स्रोतका अनुसार, […]
रंगेली, मोरगं । मोरङको रंगेलीलाई सुन्दर, हराभरा र समृद्ध बनाउने नगरपालिकाको अभियानमा नेकपा (एमाले) ले साथ दिएको छ । रंगेली नगरपालिकाले सुरु गरेको हरित शहर अभियानमा नेकपा (एमाले) रंगेली नगर कमिटीले साथ दिएको हो । रंगेली नगरपालिकाले केही साता अघिदेखि हुलाकी राजमार्ग अन्तर्गत रंगेली क्षेत्रमा पर्ने सडकको डिभाईडरमा बृक्षारोपण गर्दै हरित शहर अभियानको सुरुवात गरेको […]
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ ।अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उहाँहरू सबैलाई हटाएर नयाँ नियुक्त गर्ने गरी कार्यपालिकाबाटै निर्णय पारित गरिएको गाउँपालिका अध्यक्ष लोकन्द्र राईले जानकारी दिनुभयो । “हामीले कसैलाई काखा र कसैलाई पाखा गरेका छैनौँ । अधिकांश करारका कर्मचारीको अभिलेखसमेत छैन । अभिलेख […]