ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
प्रधानमन्त्री ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन् । […]

तमुल्होसार पर्वका अवसरमा सभामुख घिमिरेद्वारा शुभकामना व्यक्त

काठमाडौं । सभामुख देवराज घिमिरेले तमुल्होसार पर्वले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवद्र्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख घिमिरेले आज तमुल्होसार, २०८१ को पावन अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको काममा गर्दै […]

‘सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक छ’ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको जनाएका छन्। नेपाल बार एशोसिएसन महिला कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनको आज समापन कार्यक्रममा उनले न्यायसम्पादन, सरकारी क्षेत्र र सङ्घसंस्थामा महिलाको सहभागिता वृद्धिका लागि विशेष प्रोत्साहन गरी अवसर सिर्जना गर्नुपर्ने सुझाव दिए। मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको कार्य क्षेत्राधिकार परेमा […]

राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्व छः मन्त्री मण्डल

विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्ष–२०८२ का लागि सचिवालयको स्थापना गरेको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्थापना गरिएको सचिवालयको उद्घाटन गर्दै पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले कोशी प्रदेशमा धार्मिक, भौगोलिक र प्राकृतिक हिसाबले पनि पर्यटनको प्रशस्त सम्भावना रहेकाले […]

‘सरकारी कामलाई प्रभावकारी बनाउन सरकार क्रियाशील’

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दुई ठूला पार्टी मिलेर बनेको सरकारले जनताको अपेक्षा पुरा गर्न सरकारी कामलाई प्रभावकारी बनाउन सरकार लागिपरेको बताएका छन् । महोत्तरी जिल्लाको कार्यक्रममा सहभागी हुने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारी कामकाजलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा नै गर्भन्मेन्ट रिफर्म सेन्टरको निर्माणका साथै त्यसका युनिट हरेक कार्यालयमा राख्ने […]

प्रदेश सरकार सबै किसिमका अराजकताका विरुद्ध कठोर भएर अघि बढ्छ: मुख्यमन्त्री कार्की

बिराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै किसिमका अराजकताका विरुद्ध सरकार कठोर भएर अघि बढ्ने बताएका छन् । अराजकता र राजनीतिक अस्थिरतालाई उपयोग गरेर नेपाली जनताको विकास र समृद्धिको चाहनामा अवरोध पुर्‍याउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता, कार्यकर्तालाई कानुनी कठघरामा ल्याउने सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्कीले बताए । नेकपा (एमाले) दमक नगर कमिटीले […]

औद्योगिक सुरक्षाका लागि प्रदेश सरकार गम्भीर छः मुख्यमन्त्री कार्की

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । सुनसरीको इटहरीमा उद्योग सङ्गठन मोरङले आज आयोजना गरेको ‘व्यावसायिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन प्रणाली’ विषयक गोष्ठीमा उनले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताएका हुन् । मुख्यमन्त्री कार्कीले औद्योगिक […]

प्रहरीले बुझायो रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन,अझै म्याद थप्ला कि मुद्दा नै पेस गर्ला?

विराटनगर । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त शर्माले बिराटखबरलाई बताएका छन् । राय सहितको अनुसन्धान प्रतिवेदन ६ सय पेज लामो छ । प्रहरीले रवि लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ […]

यातायात कार्यालयहरुको सेवा चुस्त दुरुस्त र गुनासो रहित बनाइने ः मन्त्री भण्डारी

बिराटनगर । कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कार्यभार सँहाल्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ग बाट सपथ ग्रहण पछि मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो । उहाँले आफनो जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने प्रतिबद्धता जनाउनुभएको छ । कर्मचारीहरुलाई काम र पारदर्षितामा बिश्वास गर्न आग्रह गर्नुभयो । मन्त्री भण्डारीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदै भन्नुभयो […]

प्रधानमन्त्री ओलीलाई चीनमा ‘गार्ड अफ अनर’

विराटनगर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गार्ड अफ अनर’बाट सम्मान गरिएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको हो । प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरे । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए ।  प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.