काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दुई ठूला पार्टी मिलेर बनेको सरकारले जनताको अपेक्षा पुरा गर्न सरकारी कामलाई प्रभावकारी बनाउन सरकार लागिपरेको बताएका छन् ।
महोत्तरी जिल्लाको कार्यक्रममा सहभागी हुने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारी कामकाजलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा नै गर्भन्मेन्ट रिफर्म सेन्टरको निर्माणका साथै त्यसका युनिट हरेक कार्यालयमा राख्ने गरि गृहकार्य अगाडी बढाइएको बताएका हुन् ।
उनले पहिलाको तुलनामा सरकारको कामले गति लिएको दाबी गर्दै मुलुकको धेरै क्षेत्रमा सुधार भएपनि अगामी दिनमा थप सुधार गर्ने विषयमा सरकार चिन्तित रहेको बताए ।
मुलुकको अर्थतन्त्रको विषयमा गरिएको जिज्ञासामा उनले मुलुकको हरेक आर्थिक सूचकमा सुधार हुँदै गएको र नेपाल लगानीका लागि उपयुक्त देश भएको प्रमाणित भएको समेत बताएका हुन् ।