मोफसल, राजनीति, समाचार, समाज
अधिकारको चर्चा गर्दै बुढीगंगाकामहिलाले मनाए तीज

विराटनगर । अखिल क्रान्तिकारी महिला संघ बुढीगंगाले अधिकारका वकालत गर्दै तीज पर्व मनाएको छ । टंकीसिनवारी स्थित जेसिज भवनमा सयौ महिलाहरुको सहभागीतमा क्रान्तिकारी महिला संघ बुढीगंगाले हक अधिकारको पक्षमा वकालत गर्दै तीज पर्व हर्षोल्लासका साथ मनाएको हो । माओबादीकेन्द्रिय सदस्य तथा कोशी प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक गीता तिम्सिनाले तीज पर्वलाई अव कुण्ठाका लागि […]

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङका सभापति राईद्वारा आफूहरुमाथि गरेको कारबाहीविरुद्ध ‘पुनरावेदनपत्र’ पेस

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र खोटाङका सभापति विष्णु राईले पार्टीले अनुशासनका नाममा आफूहरुमाथि गरेको कारबाहीविरुद्ध पुनरावेदनपत्र पेस गरेका छन् । उनीहरूले पार्टीको विधानविपरीत र प्रतिशोधपूर्ण ढंगले कारबाही गरिएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयमा औपचारिक पुनरावेदनपत्र पेस गरेका हुन्। खोटाङका सभापति विष्णु राईले पेस गरेको पुनरावेदनपत्रमा उल्लेख भएअनुसार, २०७९ सालको प्रदेश र […]

एन आई सी एशिया बैंकले सञ्चालक रामचन्द्र संघईलाई सम्मान

बिराटनगर । एन.आई.आई.सी. एशिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित गरेको छ । मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पु¥याएको भन्दै नेपाल सरकारले आर्थिक बर्ष २०८२ सालको अन्तमा उहाँलाई सम्मान गरेको हो । नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विशेष व्यक्तिहरुलाई […]

कोशी प्रदेश सरकारले सबै १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना, अब पुर्बाधारका सबै काम जिल्लाबाट नै हुने

विराटनगर। कोशी प्रदेश सरकारले जिल्ला जिल्लाबाट नै पुर्बाधारका काम गर्न सहज बनाएको छ । कोशी प्रदेशमा सबै १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको छ। कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले पूर्वाधार कार्यालयहरू सुरु गरेको हो। सुनसरीको इनरुवामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यालय […]

प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडमा फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतसहित अत्याधुनिक रङ्गशालाको भ्रमण गराउनुभएको हो । प्रधानमन्त्री ओलीले आफू रियल मड्रिडको फ्यान रहेको भन्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री ओलीलाई निर्देशक मिगेलले […]

सर्वोच्चद्वारा ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर

काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारीविरुद्धको रिट खारेज गरिदिएको छ । बुधबार मध्यरातमा अदालतले फैसला सुनाउँदै रिट खारेज भएको जानकारी गराएको हो । अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै संवैधानिक अंगमा ५२ पदाधिकारीको नियुक्ति नै गैरकानुनी भन्दै खारेजीका लागि परेको रिट नै खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार राति […]

कोशी प्रदेश सरकारको अगामी आर्थिक बर्ष २०८२–०८३ को अनुमानित बजेट ३७ अर्ब

बिराटनगर । कोशी प्रदेश सरकारले भोली असार १ गते आर्थिक वर्ष २०८२–८३ का लागि करिब ३७ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने भएको छ । कोशी प्रदेश सरकारले ल्याउने बजेट प्रत्येक बर्ष घटदै गइरहेको देखिन्छ । आर्थिक बर्ष २०७५–०७६ सालमा ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइए पनि स्रोतको कमीका कारण यस बर्ष करिब ३६–३७ अर्बमा सीमित […]

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । सोडारी कैलाली ४(१)बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् । सोडारी २०७४ मा प्रदेशसभा सदस्यमा […]

कोशी प्रदेशका बिभिन्न जिल्लामा जोखिम रहेका करिब ४२ सय परिबारलाई उचित स्थानमा स्थानान्तर गर्ने तयारी

बिनोद बिष्ट,  विराटनगर। कोशी प्रदेश सरकारले विपतको क्षति न्यूनीकरण गर्नकालागि विपत बीमा र बस्ती स्थान्तरण गर्ने तयारी सुरु गरेको छ। आज बसेको प्रदेश विपत परिषद्को बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थान्तरण र विपद बीमा गर्ने निर्णय गरेको हो। ‌ यो निर्णयले प्रदेशमा विपद व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विगतको तुलनामा यस वर्ष […]

५ करोड ५० लाखमा बन्ने भयो दिखुवा खोलामा पुल, कोशी प्रदेश भौतिक मन्त्री भुपेन्द्र राईबाट शिलन्याश

बिजय साह, लेगुवा । खोटाङको सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने दिखुवा खोलामा मोटरेबल पुल बन्ने भएको छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा पर्ने दिखुवा खोलामा बन्ने पुलका शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले शिलन्याश गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा मोटरेबल पुल नहुँदा बर्खामा सवारी साधान […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.