पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई सरकारले छुट नदिने बताएका छन् ।आज प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलले कोशी प्रदेशमा आफ्ना नेताहरूलाई पहिचान पक्षधर भनिनेहरूबाट आक्रमण बढेको भन्दै गृहमन्त्रीको जवाफ मागेपछि उनले सो घटनामा संलग्नहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले असंवैधानिक, अलोकतान्त्रिक, अशान्ति र ध्वंसात्मक प्रकृतिको गतिविधिलाई राज्य र सरकारले छुट दिन नसक्ने भन्दै संवाद र प्रशासनिक रुपमा विवाद समाधान गर्न सरकार लागिपरेको बताए ।

गृहमन्त्री श्रेष्ठले कोशीमा भइरहेका घटनाबारे आफूले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको जानकारी दिए ।इलाममा एमाले नेतामाथि र उदयपुरमा कोशीको उपसभामुख माथि पहिचानवादीहरूले आक्रमण प्रयास गरेको भन्दै एमालेले विरोध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.