पहिचानवादीसँग वार्ता गर्न कोशी प्रदेश सरकारले समिति गठन गर्यो

पहिचानवादीसँग वार्ता गर्न कोशी प्रदेश सरकारले समिति गठन गर्यो

विराटनगर। कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा आन्दोलन गर्दै आएकाहरूसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।बुधबार प्रदेश सरकारले पहिचानवादी समूहसँग वार्ता गर्नका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तीलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो ।

समितिको सदस्यमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटौला छन् ।फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले पुनः नामकरण संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । पछिल्लो समय उनीहरूको आन्दोलन आक्रामक बन्दै गएपछि सरकार पक्षले वार्ताका लागि आह्वान गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.