FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail

विराटनगर । अखिल क्रान्तिकारी महिला संघ बुढीगंगाले अधिकारका वकालत गर्दै तीज पर्व मनाएको छ । टंकीसिनवारी स्थित जेसिज भवनमा सयौ महिलाहरुको सहभागीतमा क्रान्तिकारी महिला संघ बुढीगंगाले हक अधिकारको पक्षमा वकालत गर्दै तीज पर्व हर्षोल्लासका साथ मनाएको हो ।
माओबादीकेन्द्रिय सदस्य तथा कोशी प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक गीता तिम्सिनाले तीज पर्वलाई अव कुण्ठाका लागि हैन आफनो हक अधिकारको संघर्षर्ला केन्द्रित गरेर मनाउनुपर्नेबताइन । उनले तीज पर्व महिलाहरुका लागि बिशेष दिन भएको तर यसलाई अन्धविश्वासको ढर्रामा सिमित राख्न हुदैनन भनिन ।
माओबादीकेन्द्रिय सदस्य तथा अनेमसंघ क्रान्तिकारी केन्द्रिय सचिव विनिता घिमिरेले पहिले महिलाहरुले आफुहरुले सहन गर्नुपर्ने ज्यादती वताउन पनि एक बर्ष पर्खेर माइत जानुपर्ने बाध्यता रहेको सुनाउदै तर अब महिलाहरुले घरभित्र र वाहिर हुने कुनैपनि उत्पिडन सहनुहुदैन भनिन ।अखिल कान्तिकारी महिला संघ कोशी अध्यक्ष लता न्यौपानेले महिलाहरु अझै पितृसत्ताको मारमा परिरहेकोले त्यसविरुछद्ध एक भएर संघर्ष गर्नुपर्ने बताइन । माओबादीकेन्द्र कोशीकी सचिव कुमारी राईले महिलाहरुलाई दासी मान्ने चलनको अन्त भैसकेकोले अब आफुले पनि खुलेर संघर्ष गर्दै आफनो अधिकार लिन आग्रह गरिन ।
कार्यक्रममा सहभागी सयौ आमा दिदी बहिनीहरुले नाचगान गदैृ तीजको अवसरमा जलपान गर्दै शुभकामना अदानप्रदान गरेकाथिए ।

FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail