खेलकुद, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
एसिया कपमा भारतविरुद्ध आशिफ शेखको शानदार अर्धशतक

काठमाडौँ । एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालका ओपनर ब्याटर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् । उनले २७ ओभर २ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे ।

प्रधानमन्त्री प्रचण्डले भने-संघीय निजामती विधेयक चाँडै संसदमा पठाउँछौं

काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयक केही दिनमै संसदमा पेश हुने बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले यसअघि आवश्यक परिमार्जन गरेर अघि बढाउन ढिला भएको र सकेसम्म भोलिको मन्त्रिपरिषदको बैठकबाटै पारित गरेर उक्त विधेयक संसदमा पठाइने बताए । उनले संविधान बमोजिम बन्न बाँकी रहेका कानूनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित […]

कोशी प्रदेशको विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मतसम्बन्धी विवाद पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश द्वय सपना प्रधान मल्ल र सुस्मलता माथेमाको संयुक्त इजलासले आइतवार उक्त विवाद पूर्ण इजलासमा सोमबार नै पेस गरी सुनुवाइ गर्न आदेश दिएपछि थप सुनुवाइ हुने भएको हो । आदेशमा भनिएको छ, “प्रस्तुत मुद्दामा […]

इटहरीको मुख्य राजमार्ग क्षेत्रमा आजदेखि सिटी सफारी चलाउन नपाइने

इटहरी । इटहरी उपमहानगरपालिकाले आज (आइतबार)देखि मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने भएको छ । इटहरीमा अत्याधिक सिटी सफारीहरुले दुर्घट्ना निम्त्याएको भन्दै मुख्य हाइवेमा आजदेखि नै प्रतिवन्ध लगाउने निर्णय भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । ‘अबदेखि सिटी सफारीहरुले मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावी यात्रु चढाउन तथा ओराल्न […]

प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति एमाले नेता प्रदीप ज्ञवाली आक्रोशित

काठमाडौं । नेकपा ९एमाले०का उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आक्रोश पोखेका छन् । शनिबारदेखि बुटवलमा सुरु पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा उनले ‘ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित’ भएको भन्ने अभिव्यक्तिप्रति प्रश्न उठाएका हुन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा ‘अब नेपाललाई कसैले तर्साउन नसक्ने’ बताएका थिए । […]

नेपाल प्रहरीका ४८ एसपी र १२० डीएसपीको सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना डीएसपीको को सरुवा गरेको छ । भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीको सरुवा गरिएको जनाइएको छ । जसमा जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई पठाइएको छ भने सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न […]

सुन तस्करी अनुसन्धान गर्न सीआईबीको टोली हङकङदेखि भारतसम्म खटियो

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो ९सीआईबी०ले तीब्रता दिएको छ ।तस्करी प्रकरणमा संलग्न आरोपीमाथि संगठित तस्करी कसुर मुद्दामा अनुसन्धान थालेको सीआईबीले आरोपितलाई ६० दिन थुनामा राखेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाउनुपर्ने हुन्छ । सोही समय सीमाका कारण सीआईबीले विभिन्न प्रहरी कार्यालयमा खटिएका संगठित तस्करी अनुसन्धानमा लामो समय […]

एमालेको आगामी कार्यक्रमः ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ सञ्चालन गर्ने

काठमाडौँ । नेकपा (एमाले) ले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने भएको छ । एमालेले मध्यपहाडी लोकमार्गको सुरुआत बैतडीको ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले पार्टीले जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गरेको बताए । अभियानले मध्यपहाडी लोकमार्गमा पर्ने […]

सुन तस्करी प्रकरण:अनुसन्धानका लागि सीआइबीको टोलीलाई भारत पठाइयो

काठमाडौँ । हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई आज भारत पनि पठाएको छ । बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले आज भारतमा पनि टोली पठाएको हो । अहिले भारत गएको टोलीले भारतको […]

पेट्रोलियम पदार्थको भाउ बढ्यो, ग्यासको प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेलरमट्टितेलमा ३ रुपैयाँ बढाइएको हो । खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको आयल निगमले बिहीबार साँझ विज्ञप्तिमार्फत जनाएको छ । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.