अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, विकास संचार, समाचार
विमानस्थलबाट बरामद भएको सुन विशुद्ध अर्थात २४ क्यारेटकै भएको पुष्टि

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन विशुद्ध अर्थात २४ क्यारेटकै रहेको पुष्टि भएको छ । भन्सार विभागका अनुसार बरामद भएको सुनलाई ‘ईडीएक्स’ उपकरण (एक्सरे) मा परीक्षण गर्दा सबै सुन विशुद्ध भएको पुष्टि भएको हो । परीक्षणपछि सुन विमानस्थल भन्सार कार्यालयमा फिर्ता गरिएको विभागले जनाएको छ । बिहीवार राति फ्लाई दुबईबाट आएका […]

एमाले स्वयंसेवक समूह ८ दिनदेखि भूकम्प प्रभावित क्षेत्रमा, करिब ५ सय अस्थायी आवास निर्माण

कैलाली । नेकपा एमालेका स्वयंसेवक समूह विगत ८ दिनदेखि भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ । गत मंसिर ४ देखि विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलको नेतृत्वमा ११०० स्वयंसेवक जाजरकोटको र रुकुममा परिचालन खटिएका छन् । कार्तिक १७ गते आएको विनाशकारी भूकम्पले जाजरकोट र पश्चिम रुकुममा १५४ को ज्यान […]

तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै

काठमाण्डाै। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिइ दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति […]

स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप, २५ जना घाइते

काठमाडौँ । स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप भएको छ । निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा कर्मचारी र प्रहरीबीच झडप भएको हो ।सो क्रममा २५ जना घाइते भएको बताइएको छ । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूले प्रदर्शन गर्दै आएका छन् । कर्मचारीहरुले सोमबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् […]

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकबीच पाँचबुँदे सहमति

काठमाडौं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुको भएको छ । शिक्षामन्त्री अशोककुमार राईकै संलग्नतामा भएको सहमतिमा राहत शिक्षकको सीमित प्रतिस्पर्धा सम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ । परीक्षामा उत्तीर्ण भएका शिक्षकहरु स्थायी हुनेछन् भने अनुत्तीर्ण भएका शिक्षकहरुलाई सरकारले आर्थिक प्याकेज […]

चिनीको भाउ किन बढ्दै छ ? पसलेले किलोको १ सय ५० रुपैयाँसम्म लिने गरेको गुनासो

काठमाण्डौ । चिनीको भाउ किलोमै ५० रुपैयाँसम्म बढेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँमा पाइने चिनीको भाउ अहिले एक सय ५० रुपैयाँसम्म पुगेको हो । कतिपय खुद्रा पसलमा चिनी नै छैन भने भएकाहरुले पनि मनलाग्दी भाउ लिइरहेका छन् । केही पसलमा किलोको एक सय ३० रुपैयाँमै पाइने र केहीमा एक सय ५० […]

कोशी प्रदेश: प्रदेश लोकसेवा आयोग वार्षिक प्रतिवेदन प्रस्तुत

मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७९र८० को चौथो वार्षिक प्रतिवेदन शुक्रवार विराटनगरमा बुझाइएको छ । आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले नेपालको संविधानको धारा २४४ अन्तर्गत स्थापना भएको आयोगको ऐन, २०७६ को परिच्छेद ७, दफा ४९ बमोजिम  आव २०७९/८० भित्र सम्पादन गरिएका काम कारवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभयो । प्रदेश […]

सङ्खुवासभा कैदी मृत्यु प्रकरण: १५ जना कारागार चलान

किमाथांका । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको हो । जिल्ला अदालत सङ्खुुवासभाका श्रेस्तेदार रामचन्द्र केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र […]

अब एसईई खारेज हुन लागेकै हो ? बोर्ड परीक्षा १२ कक्षामा हुने

काठमाडौं । सरकारले माध्यमिक परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ ।प्रतिनिधिसभामा बुधबार दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा यस्तो प्रस्ताव गर्दै एसईई खारेज गरेर बोर्ड परीक्षा १२ कक्षामा हुने व्यवस्था प्रस्ताव गरेको छ । सरकारले प्रस्ताव गरेको विषय संसद्का दुुवै सदनबाट पारित भएमा एसईई खारेज हुनेछ । त्यसपछि विद्यार्थीले एसईईको परीक्षा दिनुपर्ने छैन । सरकारले […]

अरुण तेस्रो आयोजनाको विवाद बढेको बढ्यै, ६ दिनदेखि स्थानीयको अवरोध

विराटनगर। मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित संघर्ष समितिले विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ । अरुण प्रवेशमार्ग संघर्ष […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.