ईपीएस कार्यालयमा पाँच दिनदेखि प्रदर्शन, धर्ना जुलुस नगर्न आग्रह

ईपीएस कार्यालयमा पाँच दिनदेखि प्रदर्शन, धर्ना जुलुस नगर्न आग्रह

काठमाडौं । ललितपुरको ग्वार्कोमा रहेको ईपीएस शाखाकार्यालयमा पाँच दिनदेखि प्रदर्शन भएको छ । ईपीएस शाखा कार्यालयले मेनुफेक्चर अर्थात् औद्योगिकतर्फ निकालेको आवेदनमा सीप बिल्डिङतर्फको परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई अन्याय भएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

ईपीएस प्रणाली अन्तर्गत एक विद्यार्थीले वर्षमा एक पटकमात्रै परीक्षा दिन पाइन्छ । यसअघि सीप बिल्डिङको परीक्षा दिएकामध्ये ४ हजार उत्तीर्ण भएका थिए भने २८ हजार अनुत्तीर्ण भएका थिए । तर ईपीएस शाखाले भाषा परीक्षा डिसेम्बरमै खोलेपछि ती अनुत्तीर्ण भएका २८ हजार विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । उनीहरूले सीप बिल्डिङमा फेल भएकाले फर्म भर्न पाउनुपर्ने, सन् २०२४ को फर्म खुला गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन थालेका हुन् ।

यसैबीच ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ । विद्यार्थीका मागका विषयमा कोरिया सरकारसँग छलफल भइरहेको पनि कार्यालयले जनाएको छ ।

नेपालमा रहेको दक्षिण कोरियाको सम्पर्क कार्यालय एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपाल र अन्य सम्बन्धित निकायसँग छलफल भइरहेको र निष्कर्षमा पुग्न केही समय लाग्ने भएकाले धर्ना, जुलुस जस्ता विरोधका कार्यक्रम रोक्न कार्यालयले आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.