आइतबार सेयर बजारमा तेस्रो पटक सर्किट ब्रेक,कारोबार बन्द

आइतबार सेयर बजारमा तेस्रो पटक सर्किट ब्रेक,कारोबार बन्द

काठमाडौं । शेयर बजारमा आइतवार ३ पटक ‘सर्किट ब्रेक’ लागेको छ । तेस्रो पटक सर्किट ब्रेक लाग्दा शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको छ ।

आइतवार बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ बजेर २५ मिनेटमा खुलेको बजार २ मिनेटमै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि फेरि १२ बजेर ७ मिनेटमा खुलेको बजार ६ प्रतिशतले बढ्दै सर्किट ब्रेक लागेपछि आइतवारका लागि कारोबार भन्द भएको हो ।

अहिले कार्यान्वयनमा रहेको ुसर्किट ब्रेकु सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।

योसँगै आइतवार शेयर बजार परिसूचक नेप्से १ सय ११ दशमलव २० अङ्कले बढेर १ हजार ९ सय ६३ दशमलव ९८ विन्दुमा पुगेको छ । आज ९ मिनेटको कारोबारमा १३ लाख कित्ता शेयर ४८ करोड २४ लाख रुपैयाँमा कारोबार भयो ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजार बढेको हो । शेयर धितोमा जाने कर्जाको जोखिमभार १ सय ५० प्रतिशतबाट झारेर १ सय २५ प्रतिशत कायम गरेसँगै लागनीकर्तामा उत्साह देखिएको हो ।

आज बीमा,होटल तथा पर्यटन,विकास बैंक,उत्पादन तथा प्रशोधन,माइक्रोफाइनान्स, हाइड्रोपावर,व्यापार,फाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । आज रिलायन्स फाइनान्स,जोशी हाइड्रोपावर,राप्ती हाइड्रो,शुभम् पावर र कालिञ्चोक दर्शनको शेयर १० प्रतिशतले बढेको छ । शेयर बजारमा सर्किट ब्रेक लागेको दिन ५ वटा कम्पनीको शेयर सामान्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.