फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, विकास संचार, समाचार, समाज
काठमाडौं । पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६र७७ मा साइबर अपराधसँग सम्बन्धित दुई हजार ३०१ उजुरी आएकामा चालु आर्थिक वर्ष अर्थात गत साउनदेखि २३ फागुनसम्म १२ हजार ७८९ उजुरी आएका छन् । आर्थिक वर्ष २०७७र७८ मा तीन हजार ९०६, […]
सल्लेरी (सोलुखुम्बु) । हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् । हिउँदे वर्षा नहुँदा जमिन सुक्खा थियो भने डाँडापाखा उराठलाग्दा थिए […]
विराटनगर । प्याब्सन स्पोर्ट्स मिट २०८० को नतिजा सार्वजनिक गर्दा त्रुटि भएको भन्दै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङले विज्ञप्ति निकाल्दै सच्याएको छ । माघ २९ गते सम्पन्न स्पोर्ट्स मिटको पुरस्कार वितरणका क्रममा मानव संसाधन समितिले त्रुटि भएको पत्र पठाएकाले त्यसलाई सच्याउँदै स्पोर्ट्स मिटमा विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुल तृतिय भएको उल्लेख गरिएको छ । […]
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो । सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको […]
सुनसरी । नेपाल कम्युनिस्ट पार्टी एमाले बराहक्षेत्र नगर कमिटिले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहित बिपन्न मुसहर बस्तिका परिवारलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ । बराहक्षेत्र ७ मा रहेको हनुमानझोडा आधारभूत विद्यालयमा अध्ययनरत दलित तथा मुसहर बस्तिका ९६ जना विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको हो। त्यस्तै विद्यालय क्षेत्र आसपास रहेका मुसहर र […]
झापा । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलको सहयोगमा जिल्ला अदालत झापामा निर्माण भएको न्यायकी देवीको मूर्तिको आइतवार अनावरण गरिएको छ । अदालतका प्राङ्गणमा आयोजित कार्यक्रममा समाजसेवी गोयल, उच्च अदालत विराटनगरअन्तर्गतको इलाम इजलासमा मुख्य भई काम गर्ने न्यायाधीश किरण पौडेल र झापा जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्ने तले संयुक्त रूपमा अनावरण गरेका हुन् । मूर्तिकार […]
विराटनगर । प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योगसञ्चालनमा आएको छ । गैर नाफा मुलक संस्था जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका ३ डकुवाडाँगामा दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । उद्योगको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य माननीय योगेन्द्र […]
बिराटनगर । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले झापाको भद्रपुर स्थित स्व.ओमप्रकाश गोयल कोलोनीका परिवारलाई खाद्यसामग्री प्रदान गरेका छन् । भद्रपुर नगरपालिका वडा नं. ६ भातियाबाडीमा समाजसेवी गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाशका स्मृतिमा घरबारविहीनका लागि कोलोनीको निर्माण गरिदिएका थिए । उनले सोही कोलोनीमा बसोबास गर्दै आएका १४ र बाहिरको १ गरी १५ परिवारलाई माघेसंक्रान्ति मनाउन खाद्यसामग्री वितरण […]
विराटनगर । रंगेली नगरपालिका– ४ चोप्राहाकी सुनिता मण्डलले सोमबार जीवन विकास लघुवित्तबाट एक लाख रुपैयाँ पाइन् । यो रकम उनले लघुवित्तको पेन्सन योजना अन्तरगत पाएकी हुन् । २०६५ सालदेखि उनले हरेक केन्द्र (१४–१४दिनमा बस्ने) बैठकमा एक सय रुपैयाँका दरले पेन्सन बचत गरेकी थिइन् । पेन्सन परिपक्क भएपछि सोमबार लघुवित्तका कर्मचारीले बोलाएर उनलाई एक लाख रुपैयाँ […]
बिराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगरको दलित समुदायका १५ महिलालाई सिलाइ तालिम दिन थालेको छ । महिला मञ्चले अधिकारवादी संस्था एबिसी नेपालको सहयोगमा विराटनगर महानगरपालिका वडा नं. १२ सिमराहीका ऋषिदेव समुदायका महिलालाई सिलाइ तालिम दिएको हो । तालिम लिने महिलामा १८ देखि २१ वर्षसम्मका युवती छन् । उनीहरू एबिसी नेपालको विराटनगरस्थित कार्यालयमा एबिसीकै प्रशिक्षकबाट तालिम […]