समाजसेवी गोयलले झापाको भद्रपुरमा १५ परिवारलाई माघेसंक्रान्ति मनाउन खाद्यसामग्री वितरण

समाजसेवी गोयलले झापाको भद्रपुरमा १५ परिवारलाई माघेसंक्रान्ति मनाउन खाद्यसामग्री वितरण

बिराटनगर । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले झापाको भद्रपुर स्थित स्व.ओमप्रकाश गोयल कोलोनीका परिवारलाई खाद्यसामग्री प्रदान गरेका छन् ।
भद्रपुर नगरपालिका वडा नं. ६ भातियाबाडीमा समाजसेवी गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाशका स्मृतिमा घरबारविहीनका लागि कोलोनीको निर्माण गरिदिएका थिए ।
उनले सोही कोलोनीमा बसोबास गर्दै आएका १४ र बाहिरको १ गरी १५ परिवारलाई माघेसंक्रान्ति मनाउन खाद्यसामग्री वितरण गरेका हुन् ।
वितरण कार्यक्रममा समाजसेवी गोयलका प्रतिनिधिकका रूपमा उपस्थित गौतमबुद्ध स्कुलका प्रधानाध्यापिका जयन्ती मानी र समाजसेवी सजल कुन्डुले उक्त सामग्री वितरण गरेका थिए ।
मानी र कुन्डुले १५ परिबार सबैलाई प्रति परिबार चामल २५, मसुरो दाल ३, आलु ५, नुन ५, सखर ३ र मुरई (भुजा) ३ किलो प्रदान गरे । त्यस्तै प्रति परिवार तोरीको तेल २ लिटर, सोयाबिन १ प्याकेट र नगद ५ सय पनि प्रदान गरिएको थियो ।
समाजसेवी गोयलले स्वर्गीय ओमप्रकाशका नाममा १ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिदिएको कोलोनीको उदघाटन गत वैशाख १० गते गरिएको थियो । नगरपालिकाको समन्वयमा उक्त स्थानलाई ओम गोयल कोलोनी मार्ग नामकरण गरिएको छ । गोयलबाट खाद्यसामग्री प्राप्त गर्नेमा राजो माझी, श्याम माझी, रमेश माझी, शर्मिला माझी, प्रमिला माझी, धन राजवंशी र निर्मला राजवंशी छन् ।
त्यस्तै भेलासरी राजवंशी, विमला माझी, सुमित्रा माझी, सलबहादुर दास, लखन माझी, सेवानन्द माझी, रबिन माझी र शान्ति माझीलाई पनि उक्त सामग्री प्रदान गरियो । समाजसेवी गोयलले केही दिनअघि उक्त १५ परिवार सबैलाई न्यानो कम्बल उपलब्ध गराएका थिए । कार्यक्रम वडाध्यक्ष रतिया राजवंशीका अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.