फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार, स्वास्थ्य
अस्पतालमा निःशुल्क पार्किङको व्यवस्था गर्न उपभोक्तावादीको माग

काठमाडौं । उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील उपभोक्ता जागरण अभियान नेपालले अस्पतालहरुमा निशुल्क सवारी साधन पार्किङको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाउँदै जागर अभियानले एउटा बिरामीबाट एक पटकमा उपचारका नाममा लाखौं रकम असुल्ने अस्पतालहरुले पार्किङ शुल्कका नाममा ठगी गरिरहेको भन्दै तत्काल निशुल्क व्यवस्था गर्न माग […]

सप्तरीको कृष्णासवरण गाउँपालिका – ५ का वडाध्यक्ष घुससहित पक्राउ

राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।      

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई समावेश ! प्रतिपक्षको विरोध

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन् । पूर्वनिर्धारित समयभन्दा तीन घन्टापछि सुरु भएको बैठकको सुरुमै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध गर्न थालेपछि सभामुखले नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिनुभयो । प्रमुख सचेतक गिरीले […]

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रस्तुत बजेट माथिको छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आज मंगलवार विहान ११ बजे बस्ने भएको छ । बैठकमा आव २०८०र८१ को राजस्वको आयव्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने हुने भएको छ । प्रतिनिधिसभामा हिजोदेखि आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले […]

राजनीतिक महत्व बोकेको सुनसरीको एक विद्यालयमा बल्ल पर्याप्त खानेपानीको व्यवस्था गरिँदै

दुहवी । सुनसरीको दुहबी नगरपालिकास्थित सरस्वती मा.वि.मा अध्ययन गरेका तीनजना केन्द्र तथा प्रदेशका मन्त्रीसम्म भए । तर लामो समय मन्त्री हुँदा पनि उक्त विद्यालयमा पर्याप्त खानेपानीको पहुँच पुग्न सकेन । धेरै समयको प्रयासपछि अब भने यस विद्यालयमा बल्ल पर्याप्त खानेपानीको सुविधा हुने भएको छ । यस विद्यालयमा स्टोरेज ट्यांकसहितको खानेपानीको पहुँच पुग्ने भएको छ । […]

पत्रकारिता क्षेत्रको इमान्दारिताले समाजमा महत्वपूर्ण परिर्वतन: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज परिवर्तनमा नेपाली पत्रकारिताको भूमिका महत्वपूर्ण  हुने  बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिद्वारा सोमवार विराटनगरमा आयोजित ‘प्रादेशिक सम्मेलन’को उद्घाटन गर्दै उहाँले पत्रकारिता क्षेत्र सचेत रहेकै कारण सरकार पनि बलियो भएको प्रसङ्ग उल्लेख गर्नुभयो । पत्रकारिता क्षेत्रको सचेतना र इमान्दारिताले समाज पनि निकै महत्वपूर्ण परिर्वतन आएको […]

कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने माओवादी प्रयास कति सम्भव ?

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारको नेतृत्व सम्बन्धमा फरक निर्णय गरेको छ । उक्त पार्टीको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन केन्द्रीय नेतृत्वले दिएको निर्देशनपछि बसेको बैठकले यस विषयमा थप छलफल गर्नुपर्ने आवश्यक भएकाले समर्थन फिर्ताको निर्णय भने नगरेको […]

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दैै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । महानगरले शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्नका लागि विषय विज्ञसँग छलफल समेत गरेको छ । महानगर प्रमुख नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब विश्व बजारमा माग भइरहेको जनशक्ति उत्पादन […]

मृत्यु भइसकेको नागरिकता विधेयक ब्यूँताउन सकिन्न: योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मृत भइसकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै विरोध जनाउँदै एमाले सांसद भट्टराईलै मृत्यु भइसकेको विधेयक ब्यूँताउन नसकिने र ब्यूँताउन सकिने भए द्वन्द्वकालमा मारिएका १७ हजार मानिसलाई ब्यूँताउन चुनौती दिनुभयो ।  ‘नागरिकताको समस्या वर्षौंदेखिको हो, यो एउटाले अर्को राजनीतिक […]

किन रोकिएनन् छुवाछूतका घटना ? दोषीलाई कानूनी दायरामा ल्याउन जोड

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद र छुवाछूतका सबै घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन र कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष भएको अवसरमा शुभकामना व्यक्त गर्दै आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त आग्रह गरिएको छ । प्रेस विज्ञप्तिमा भनिएको छ,’दैनिकरूपमा […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.