अस्पतालमा निःशुल्क पार्किङको व्यवस्था गर्न उपभोक्तावादीको माग

अस्पतालमा निःशुल्क पार्किङको व्यवस्था गर्न उपभोक्तावादीको माग

काठमाडौं । उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील उपभोक्ता जागरण अभियान नेपालले अस्पतालहरुमा निशुल्क सवारी साधन पार्किङको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाउँदै जागर अभियानले एउटा बिरामीबाट एक पटकमा उपचारका नाममा लाखौं रकम असुल्ने अस्पतालहरुले पार्किङ शुल्कका नाममा ठगी गरिरहेको भन्दै तत्काल निशुल्क व्यवस्था गर्न माग गरेको हो ।

जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा सरकारले लागु गरेको स्वास्थ्य बीमा सहज नहुँदा उपभोक्ताले दुःख पाएको भन्दै त्यसलाई सहज गर्न पनि माग गरिएको छ । त्यस्तै सुर्तिजन्य पदार्थले उपभोक्ताको स्वास्थ्यमा असर गरेको विषयमा पनि उपभोक्ता जागरण अभियानलेल मन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष भण्डारीले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले अस्पतालहरुले अनिवार्य रुपमा १०५ सैया विपन्न, असहाय र बेवारिसे बिमारीलाई निःशुल्क उपलब्ध गराउने निर्णय भएको भन्दै ज्ञापनपत्रमा उल्लेखित विषयमा आफ्नु ध्यानाकर्षण हुनुको साथै कार्यान्वयनमा तत्काल लैजाने आश्वासन दिए ।

यसै गरी जागरण अभियानले खानपिनका कारण संक्रामक रोगबाट उपभोक्ता पीडित बनिरहेको सम्बन्धमा पनि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । बजारमा सडेको मासु बिक्री हुने गरेको, विभिन्न केमिकल प्रयोग गरी पकाएका फलफूल र त्यसबाट बनेका जुस लगायतका पेय पदार्थ पिउँदा क्यान्सरसम्म लाग्ने गरको भन्दै त्यस्ता वस्तु विक्रि वितरणमा रोक लगाउन अभियानले माग गरेको छ ।

 

 

 

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *