कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने माओवादी प्रयास कति सम्भव ?

कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने माओवादी प्रयास कति सम्भव ?

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारको नेतृत्व सम्बन्धमा फरक निर्णय गरेको छ । उक्त पार्टीको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन केन्द्रीय नेतृत्वले दिएको निर्देशनपछि बसेको बैठकले यस विषयमा थप छलफल गर्नुपर्ने आवश्यक भएकाले समर्थन फिर्ताको निर्णय भने नगरेको बुझिएको छ ।

माओवादीका एक प्रदेशसभा सदस्यले कोशीमा सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिन पत्र नआएको बताए । समर्थन फिर्ताको विषयमा अझै पनि केन्द्रीय नेतृत्वसँग छलफल गर्ने ती नेताले बताए । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आफ्नै नेतृत्वमा कोशी प्रदेश सरकार गठनको पहल गर्ने निर्णय भएको बताए । उनले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा भने निर्णयमा पुगिनसकेको बताए ।

यसअघि दिउँसो कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की र एमालेका अन्य मन्त्रीहरूलाई केन्द्रको निर्देशन आएको भन्दै नेता आङ्बोले परिस्थिति फेरिएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनौपचारिक जानकारी गराइसकेका छन् ।

कोशी प्रदेशसभामा रहेका माओवादीका सांसदहरू समर्थन लिने र नलिने पक्ष र विपक्षमा छन् । संसदीय दलका नेता आङ्वोसमेत आफूहरूको पोजिशन क्लियर नभएसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने अडानमा छन् । यस्तै सरकारमा रहेका मन्त्रीहरूसमेत सरकारलाई दिएको समर्थन अहिले नै फिर्ता लिन नहुने अडानमा रहेको माओवादी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बजेट नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेका बेला सरकार हेरफेरमा लाग्दा समस्या हुने भन्दै बजेटसम्म यही सरकार निरन्तर हुनुपर्ने बैठकमा सहभागी सांसदहरूले मत राखेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बित्तिकै अर्को सरकार बन्न सक्ने आधार नभएकाले पनि समर्थन फिर्ता लिन उचित नहुने सांसदहरूले धारणा राखेका छन् ।

कोशी प्रदेशसभामा निर्णायक मत रहेको राप्रपा मुख्यमन्त्री पाउनुपर्ने अडानमा छ । अहिले नै अर्को स्थिर सरकार बन्न सक्ने आधार नभएको बेला नयाँ गठबन्धनमा जानु उचित नहुने राप्रपा संसदीय दलका नेता तथा सरकारका उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले बताउँदै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.