राजनीतिक महत्व बोकेको सुनसरीको एक विद्यालयमा बल्ल पर्याप्त खानेपानीको व्यवस्था गरिँदै

राजनीतिक महत्व बोकेको सुनसरीको एक विद्यालयमा बल्ल पर्याप्त खानेपानीको व्यवस्था गरिँदै

दुहवी । सुनसरीको दुहबी नगरपालिकास्थित सरस्वती मा.वि.मा अध्ययन गरेका तीनजना केन्द्र तथा प्रदेशका मन्त्रीसम्म भए । तर लामो समय मन्त्री हुँदा पनि उक्त विद्यालयमा पर्याप्त खानेपानीको पहुँच पुग्न सकेन । धेरै समयको प्रयासपछि अब भने यस विद्यालयमा बल्ल पर्याप्त खानेपानीको सुविधा हुने भएको छ । यस विद्यालयमा स्टोरेज ट्यांकसहितको खानेपानीको पहुँच पुग्ने भएको छ ।

यस विद्यालयमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय सरकारका वर्तमान मन्त्री अमनलाल मोदी र कोशी प्रदेशका वर्तमान मन्त्री जीवन आचार्यले अध्ययन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीपी रौनियारका अनुसार नेपाल सरकारको १ करोड रुपैयाँको अनुदानमा ६ इन्चको पाइपको डिप बोरिङ, स्टोरेज टावर ट्यांक तथा फिल्टरसहितको विस्तारित खानेपानी प्रणालीको स्थापना गरिनेछ ।

खानेपानी प्रणालीको निर्माण अध्यक्ष रौनियार र विद्यालयका प्राचार्य तेजप्रसाद तिमिल्सिनाले पूजाअर्चना गरेपछि सुरु गरिएको थियो । यस प्रणालीले आगामी ५० वर्षसम्म विद्यालयको खानीपानीको माग धान्नसक्ने रौनियारले बताउनु भयो । विद्यालयलाई आगामी वर्षमा स्नातकोत्तर तहसम्म पुर्याउने योजना छ । रौनियारले यस खानीपानी प्रणालीबाट वरपरका जनताले पनि लाभ लिनसक्ने जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.