खेलकुद, समाचार
साफ च्याम्पयिनशिप फुटबल : नेपालले पाकिस्तानलाई १-० गोलले हरायो

काठमाडौं । भारतमा जारी साफ च्याम्पयिनशिप फुटबलअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १-० गोलले हराएको छ । नेपालको जीतमा ८०औँ मिनेटमा आशिष चौधरीले गोल गरेका हुन् । उनले लाकेन लिम्बूको पासमा गोल गरेका छन् । उनी दोस्रो हाफको सुरुवातमा आवास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका थिए । अघिल्ला दुई खेलमा पराजित हुँदै नेपाल पहिलो […]

आइसीसी विश्वकप २०२३ को खेल तालिका सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद परिषद् (आइसिसी) ले विश्वकप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता ५ अक्टोबर देखी १९ नोभेम्बरसम्म भारतका १० स्थानमा हुनेछ । १० टोली सहभागी प्रतियोगितामा लिगमा एक अर्काले खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । विश्वकपको पहिलो खेलमा ५ अक्टोबरमा अहमदाबादमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । […]

सवारी दुर्घटना : कोशी प्रदेशमा ११ महिनाको अवधिमा तीन सय ८८ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा झापाका अध्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका एक सय पाँच जनाले ज्यान गुमाएका छन् । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालु […]

कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर

विराटनगर । अदालतका न्यायाधीशले घुस खाएर आदेश दिएको आरोप लगाएका कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । राजभण्डारीले केही दिन अगाडि आयोजित एक कार्यक्रममा उच्च अदालत विराटनगरका न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको अभिव्यक्ति दिएका थिए । अभिवक्ता उद्धबचन्द्र घिमिरेले राजभण्डारीले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर गरेका […]

तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा बेपत्ताको खोजी कार्य जारी

संखुवासभा ।  संखुवासभामा परेको अविरल बर्षाको कारण बाढी पहिरो आई बेपत्ता भएकाहरुको खोजी कार्यको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरिएको छ । असार २ गते राती आएको बाढी पहिरोमा परी बेपत्ता भएका २१ जना मानिसहरुको उद्दार तथा खोज तलास कार्यमा खटिएका सुरक्षा कर्मीहरुद्वारा उनिहरुको अवस्था हाल सम्म फेला पार्न नसकेकोले तालिम प्राप्त […]

स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०र८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आज आइतबार सार्वजनिक हुँदै छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय९बजेट०को अनुमान स्थानीय तहले सम्बन्धित […]

नेपाल नेदरल्यान्ड्ससँग पराजित, सुपर सिक्समा पुग्ने सम्भावना टुंगियो

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डस्सँग पराजित भएको छ । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुङ्गिएको छ । जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा शनिवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्डस्सँग सात विकेटले पराजित भएको हो । जितसँगै नेदरल्यान्डस् भने सुपर सिक्समा प्रवेश गरेको छ । त्यस्तै यस खेलसँगै […]

पूर्वी नेपालको बाढी : तीस आयोजनामा आठ अर्ब बढीको क्षति

विराटनगर । पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै रु आठ अर्ब ५० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र भोजपुर जिल्लामा आएको बाढीले चार सय ६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा […]

प्रतिनिधिसभामा भोलिदेखि बजेटबारे मन्त्रीले जवाफ दिने

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सुरु हुनेछ । सभाको यही असार १० गते आइतबार बिहान १०ः०० बजे अर्को बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ । सोही दिन गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकूद, […]

पुरुष भलिबल : नेपाल किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एशोसिएसन ९काभा० पुरुष भलिबल नेसन्स लिगमा नेपालले आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको छ । किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रियसन कम्प्लेक्समा आज भएको खेलमा किर्गिस्तानको ‘बी’ टोलीले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । दोस्रो सेट र तेस्रो किर्गिस्तानले २९–२७ र […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.