पुरुष भलिबल : नेपाल किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित

पुरुष भलिबल : नेपाल किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एशोसिएसन ९काभा० पुरुष भलिबल नेसन्स लिगमा नेपालले आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको छ ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रियसन कम्प्लेक्समा आज भएको खेलमा किर्गिस्तानको ‘बी’ टोलीले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । दोस्रो सेट र तेस्रो किर्गिस्तानले २९–२७ र २५–२२ ले आफ्नो पक्षमा बनायो । चौथो सेट नेपालले २५–११ ले जितेपछि खेलको पाँचौँ सेटमा पुग्यो । त्यसपछि पाँचौँ सेट १६–१४ ले जित्दै किर्गिस्तानले विजयी हासिल गर्यो ।

नेपालको यो लगातार पाँचौँ हार हो । नेपाल पहिलो खेलमा मङ्गोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तान, तेस्रो खेलमा इरान र चौथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।

काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता रहेको छ । अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेल उज्वेकिस्तानसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.