फल्यास न्यूज, समाचार, समाज
दशैँमा यस्ताे प्रकारकाे भोजन गर्न कलाकारहरूकाे सुझाव

काठमाडौँ । नेपालीहरूको महान् पर्व वडादशैँलाई कतिले मासुको पर्वका रूपमा पनि लिन्छन् । दशैँलाई लक्षित गरेरै उत्तरी छिमेकीबाट भेडा–च्याङ्ग्रा आयात हुन्छन् । तर सबै कलाकारलाई मासुमा रुचि छैन कतिपय कलाकार भने दशैँमा मासुका थरीथरीको परिकारमा रमाउने गरेको अनुभव सुनाउनुहुन्छ । दशैंँमा विभिन्न समुदायले आ–आफ्नो परम्परा अनुसार भुटन, मासु, झोल जस्ता परिकार बनाएर खाने चलन छ । […]

दशैँकाे मुखैमा अाएर दोहोरो अङ्कले बढ्याे शेयर बजार

काठमाडौँ । नेपालीको महत्वपूर्ण चाड दशैंँकाे मुखैमा अाएर शेयर बजार दाेहाेराे अंकले वृद्धि भएकाे छ । अाज (अाइतबार)काे शेयर बजारमा हरियाली छाएकाे हाे । अाज कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब ४३ विन्दुमा पुगेकाे हाे । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार […]

जुट मिल्सको तयारी : २२ टन जुटको सुतली विक्री गर्ने

विराटनगर । नेपालको सबैभन्दा पहिलो उद्योग ऐतिहासिक विराटनगर जुट मिल्सले उत्पादन विक्री गर्ने तयारी गरिएको छ । जुट मिल्स संचालन भएको ढेड महिनापछि उत्पादन गरेको २२ टन जुटको सुतली विक्री गर्ने तयारी गरेको हो । यस अघि बारम्बार बन्द हुँदै संचालनमा आएको यस उद्योगले उत्पादन गरेपनि विक्री गर्न सकेको थिएन् । झण्डै एक दशक पछि उत्पादन […]

बेलवारीमा च्याउ खेती सम्बन्धी तालिम शुरु

विराटनगर । बेलबारी नगरपालिका वार्ड नं २ का किसानलाई लक्षित गरेर च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन गरिएको छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेको रमिते सामुदायिक वनको सभाहलमा संचालन भैरहेको च्याउ खेति सम्वन्धी तालिमको संयोजन हरिनारायण महिला विकास समितिले गरिरहेको छ । तालिममा वडाका प्रत्येक टोलविकास संस्थाबाट ४–४ जना किसानलाई […]

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, २ जना पक्राउ

धनुषा । दशैंको मेला हेर्न गएकी १० वर्षीया बालिका मनिता यादवको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेका छन् । धनुषाको औरही गाउँपालिका २ परवाहाकी १० वर्षीया बालिका मनिता यादवको बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सोही गाउँपालिका ५ का छिमेकी ३२ वर्षीय विनोद […]

कांग्रेस नेता बास्तोलाको अन्न्येष्टि आज ४ बजे

काठमाडौं । दिवंगत कांग्रेस नेता एवम् पूर्व मन्त्री चक्रप्रसाद बास्तोलाको अपरान्ह अन्त्येष्टि गरिने भएको छ । गएराति ललितपुरको खुमलटारस्थित निवासमा निधन भएक नेता बास्तोलाको आइतबार अपरान्ह ४ बजेपछि अन्त्येष्टि गर्न लागिएको हो । अहिले निवासमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन शुभेच्छुक, काँग्रेस नेता, कार्यकर्ताहरु भेला भएका छन् ।

बोक्सीको आरोप महिलामाथि निर्धात कुटपिट

सप्तरी । सप्तरीमा बोक्सीको आरोपमा एक महिला माथि निर्घात कुटपिट गरीएको छ । तिलाठी कोइलाडी गाउँपालिका -८ की ४५ वर्षीया रामबत्तिदेवी खङ्गलाई बोक्सीको आरोपमा आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका हुन् । स्थानीय नारायण खङ्ग र उनकी श्रीमती किसनीदेवी खङ्ग, छोरा, छोरी र बुहारीसमेत मिलेर हात खुटा बाँधी निर्घात कुटपिट गरेको पीडित महिलाले बताइन । नारायण खंगका ८ […]

राउण्ड टेबल नंं ५ ले डान्डिया एण्ड गर्बा नाईट कार्यक्रम गर्ने

बिराटनगर । राउण्ड टेबल नेपालको संयोजनमा च्याप्टर बिराटनगर राउण्ड टेबल नं. ५ ले शिक्षाबाट स्वतन्त्रता नाराका साथ डान्डिया एण्ड गर्बा नाईट कार्यक्रम गर्ने भएको छ । सबैका लागि शिक्षा नै आजको आबश्यकता रहेको हुनाले बच्चालाई बिद्यालय अनिबार्य पठाउनु पर्ने र शिक्षाबाट बन्चित गर्न नहुने बिराटनगर राउण्ड टेबल नं. ५ का अध्यक्ष स्वतन्त्र नेबटीयाले बताउनु भयो […]

बिश्व शान्ति फेडेरेशन नेपालले १ नं. प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न

बिराटनगर । बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न बिराटनगरमा मेयर कन्फेरेन्स कार्यक्रम सम्पन्न गरेको छ । १ नं. प्रदेशका मुख्यमन्त्रि शेरधन राईले उदघाटन गर्दै बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छिटै नाम र राजधानी पाउने छ यस […]

कविता मार्फत न्याय माग्दै युवाहरु

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त र निर्मला जस्ता अन्य लाई न्यायदिन मागगर्दै विराटनगरमा सडकमा कविता कार्यक्रम आयोजना गरिएको छ । नयां पाइलाको अगुवाई तथा विभिन्न संघसस्थाको सहभागितामा शनिबार अपरान्ह स्थानिय ट्राफिकचोकमा सडकमा कविता कार्यक्रम गरिएको हो । कविता वाचन शुरु हुनुअघि विभिन्न संस्था आबद्ध युवायुवतीले प्ले कार्डसहित प्रर्दशन समेत गरेका थिए । युवा युवतीले […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.