खेलकुद, फल्यास न्यूज, समाचार
नेबिल कप फुटबलको फाइनलमा धरान र बेलबारी भिड्दै

इनरुवा । सुनसरीको प्रकाशपुरमा जारी दोस्रो नेबिल ओभरसिज नकआउट फुटबल प्रतियोगिताको फाइनलमा गोधुली फुटबल क्लब धरान र डाँगिहाट फुटबल क्लब बेलबारी भिड्दै छन् । फाइनल खेल प्रकाशपुर माविको खेल मैदानमा भोलि दिउँसो ३ बजेपछि हुने छ । प्रतियोगिताको बिजेताले नगद एक लाख सहित ट्रफि हात पार्ने छ । उपबिजेता हुने टिमले नगद ५० हजार प्राप्त गर्ने […]

रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव

चितवन । नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा […]

आज विश्व हात धुने दिवस

विराटनगर । विश्व हात धुने दिवस, विभिन्न कार्यक्रम गरी आज नेपालमा पनि मनाइँदैछ । हात धुने बानीको विकास गर्न र यसको महत्वबारे बुझाउन हरेक वर्ष अक्टोबर १५ तारिखलाई विश्व हात धुने दिवसको रुपमा मनाईंदै आएको छ । संयु्क्त राष्ट्रसंघको आह्वानमा सन् २००८ देखि नेपालले पनि यो दिवस मनाउन थालिएको हो । एक अध्ययनले १३ प्रतिशत नेपालीले […]

नवरात्रीको आज छैटौ दिन, कात्यायनी देवीको पूजाअर्चना गरी मनाइँदै

विराटनगर । बडादशैं अन्तर्गत् आज नवरात्रीको छैटौ दिन आज कात्यायनी देवीको पुजा गरिँदैछ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञ यज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा राक्षसबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् […]

दशैंको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा (रुटसहित)

काठमाडौं । दशैंको दिन नेपाली सेनाले सर्वसाधारणका लागि उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । आउँदो कात्तिक २ गते विजया दशमीका दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून रुपमा मात्र चल्ने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्‍याउने उद्देश्यले नेपाली सेनाले निःशुल्क बस चलाउन थालेको हो । दशमीका दिन काठमाडौं उपत्यकाभित्र […]

सुनको भाउले ६० हजार टेक्यो, अझै बढ्ने

विराटनगर । नेपालीका ठूला चाडबाड दसैं–तिहारको मुखमा सुनको भाउ निरन्तर उकालो लाग्नेक्रम जारी छ । आज सुनको मूल्य बढेर तोलाको ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो । आइतबार सुन ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज नेपाली बजारमा सुन […]

आजदेखि सर्वसाधारणले श्रीपेच हेर्न पाउने

काठमाडौँ । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आजबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनी उद्घाटन गर्न लागेका हुन् । उद्घाटनपछि नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले श्रीपेच अवलोकन गर्न पाउनेछन् । सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, […]

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाईलाई पनि ल्याइँदै

काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने तयारी गरिएको छ […]

महँगियो च्याङ्ग्रा

बागलुङ । यो दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा रु २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताए  । […]

गुल्मीमा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

गुल्मी । गएराति गुल्मीमा भएको जिप दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बिसुखर्क धौलादिपका गाडी मालिक ३९ वर्षीय लालबहादुर गुरुङ र ५३ वर्षीय चालक भरत गुरुङको मृत्यु भएको छ । बाग्लुङ हटियाबाट गुल्मीको बिसुखर्क धौलादिपतर्फ आउँदै गरेको लु १ ज २१८१ को जिप गुल्मीको चन्द्रकोट गाउँपालिका २ बिसुखर्कको गजेनी गरगरेमा दुर्घटनामा परेको हो ।गाडी […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.