अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
साउन लागेसँगै रंगीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि

भक्तपुर । भक्तपुर नगरपालिका–१ की राधा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो, रातो, पहेँलो चुरा र घाँटीमा रातो, पहेँलो, हरियो मिश्रित पोते लगाउनुभएको छ । दुवै हत्केलामा मेहेन्दी लगाउनुभएकी र रातो, पहेँलो सारीमा सजिनुभएकी उहाँकी साथी सीताको पनि दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोतेका साथै हत्केला र खुट्टा बुट्टेदार मेहेन्दीले भरिएको छ […]

बूढीगण्डकी जलविद्युत् आयोजनाः प्रधानमन्त्रीले आज फिल्ड कार्यालय उद्घाटन गर्ने

काठमाडौं । लामो समयको प्रतीक्षापछि सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । आज बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने भएका छन् । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय भोलि उद्घाटन गर्ने तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले […]

ज्याला वृद्धिको माग राख्दै चिया श्रमिक आन्दोलित

विराटनगर । झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन् । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताउनुभयो । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ, नेपाल चिया बगान […]

भोजपुरका युवा कृषि व्यवसायमा आकर्षित हुँदै

भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो […]

विदेशी मदिरा,पाँचतारे होटल र पत्थरजडित गहनामा विलासिता शुल्क लाग्ने

विराटनगर । सोमवारदेखि पाँचतारे होटल, विदेशी मदिरा र १० लाख रुपैयाँ माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ । आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि, २०८०’ सोमवारदेखि कार्यान्वयनमा आएको जानकारी दिँदै यस्तो शुल्क लाग्ने जनाएको हो । आर्थिक ऐन, २०८० को दफा २१ मा पाँचतारे वा सोभन्दा माथिका होटल तथा लक्जरी […]

कुवेत जानेलाई प्रस्थान अनुमति नदिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको छ: अध्यागमन विभाग

काठमाडौं । कुवेत जान लागेका नेपाली श्रमिकहरुको अध्यागमन कार्यालयमा प्रस्थानका लागि पेश गरिएका कागजात सम्बन्धमा केह्ी दिनदेखि विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारहरु प्रति गम्भीर ध्यानाकर्षण भएको अध्यागमन विभागले जनाएको छ । विगत केही दिनदेखि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइ कार्यालयमा प्रस्थानका लागि पेश गरिएका कागजातहरु शंकास्पद देखिइ प्रस्थान अनुमति नदिएको विषयमा संप्रेषित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण […]

ललिता निवास प्रकरण : अनुसन्धान गर्न पाँच दिन म्याद थप

काठमाडौं। ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आरोपीलाई आइतवार काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उक्त घटनामा प्रहरीले सञ्चार मन्त्रालयका […]

वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

काठमाडौं । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार वैदेशिक रोजगारीमा […]

भिसा शंकास्पद देखिएपछि कुवेत हिँडेका ११७ जनालाई विमानस्थलबाट फर्काइयो

काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति लिएर कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फर्काइदिएको छ । सोमबार कुवेत जानको लागि विमानस्थल पुगेका यात्रुहरूलाई भिसा शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएको विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए । “भिसामा एउटा कम्पनीको नाम र एग्रिमेन्टमा अर्को कम्पनीको नाम भएको पाइएपछि फकाईएका हो । उहाँहरूको डकुमेन्ट प्रमाणित भएपछि थप […]

यति एअरलाइन्सको टिकट खरिदमा प्रोमो कोड, पाँच सय रुपैयाँसम्म छुट पाइने

काठमाडौं । आईएमई पे’ मार्फत् यति एअरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्ने भएका छन् । छुट प्राप्त गर्न सेवाग्राहीले यति एअरलाइन्सको वेबसाइट अथवा एपमार्फत् टिकट बुक गर्ने क्रममा प्रोमो कोड ूःइल्क्इइल्थ्त्छज्ञू प्रयोग गरी आईएमई पेमार्फत् भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.