भिसा शंकास्पद देखिएपछि कुवेत हिँडेका ११७ जनालाई विमानस्थलबाट फर्काइयो

भिसा शंकास्पद देखिएपछि कुवेत हिँडेका ११७ जनालाई विमानस्थलबाट फर्काइयो

काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति लिएर कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फर्काइदिएको छ । सोमबार कुवेत जानको लागि विमानस्थल पुगेका यात्रुहरूलाई भिसा शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएको विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए ।

“भिसामा एउटा कम्पनीको नाम र एग्रिमेन्टमा अर्को कम्पनीको नाम भएको पाइएपछि फकाईएका हो । उहाँहरूको डकुमेन्ट प्रमाणित भएपछि थप प्रक्रिया अघि बढ्नेछ,” उनले भने । भिसा स्टाटसमा पनि ‘ओइटिङ फर एप्रुवल’ ९स्वीकृत हुन बाँकी० भनेको कारण उनीहरूलाई रोकिएको महानिर्देशक अधिकारीले बताए ।

यस्ता खालका समस्या आएकाले विभागले विभिन्न समयमा यात्रुहरूलाई रोक्दै आइरहेको छ । भिसा स्वीकृत नहुँदै विदेश जाँदा उक्त देशले श्रमिकहरूलाई फर्काउने गरेपछि उनीहरूलाई रोकेको विभागका महानिर्देशक अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.