अर्थ वाणिज्य, ब्यापार, समाचार
उपभोक्ता मूल्य नराखिकन सामान बेच्नेलाई कानुनबमोजिम कारबाही गरिने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता मूल्य राख्न आग्रह गरेको छ । पछिल्लो समय व्यवसायीले आफुखुसी वस्तुको मूल्य तोक्न थालेकाले विभागको यस्तो प्रतिक्रिया आएको होे । उक्त विभागले एक सूचना जारी गर्दै व्यावसायिक फर्म तथा पसलमा राखिएका वस्तुमा उपभोक्ता मूल्य उल्लेख नगरी राख्ने गरेको गुनासो आएको उल्लेख गरेको छ । ‘उपभोक्ता संरक्षण […]

शरणार्थी प्रकरण: आज सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ । प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आजमात्रै उनीहरूलाई तीन दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको […]

१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

विराटनगर । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको छ । दश महिनाको अवधिका कूल रु १४ खर्ब […]

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार एक सय २५ रुपैयाँ बनाउन सरकारमा  सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष  न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रामिक बढाउन प्रस्ताव गरेको हो । मन्त्री शर्माले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भए पनि श्रमजीवी पत्रकारले […]

सुकुम्बासी भन्छन्-‘भूमि आयोगले लगत उठाउन ढिलो किन ?’

दमक । झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरुलाई हटाएको ठाउँमा भू–माफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन् । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले शनिबार आयोजना गरेको भूमिहीन सुकुम्बासी समस्या, चुनौती र समाधान विषयक अन्तक्र्रिया उनीहरूले गरिब, निमुखा सुकुम्बासी हटाएकामा गुनासो गरेका हुन् । कार्यक्रमका सहभागी रमेश मुर्मूले राष्ट्रिय भूमि आयोगका सदस्यलाई बिर्तामोड नगर क्षेत्रभित्रको सुकुम्बासीसम्बन्धी […]

नेपालको भुटानसँग एक खर्ब रुपैयाँ व्यापार घाटा, भुटानी पर्यटक भने बढ्दै

काँकडभिट्टा । पछिल्लो पाँच वर्षमा नेपालले भुटानसँग रु एक खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार व्यापार घाटा बेहोरेको छ । बङ्गलादेशपछि भुटान नेपालको नजिक दूरीमा रहेको मुलुक हो । पूर्वीनाका काँकडभिट्टाबाट नेपालसँग भुटान र बङ्गलादेशको व्यापारिक कारोबार हुँदै आएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष […]

कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्छ: कोशी प्रदेशका प्रमुख-सचिव डा. काफ्ले

विराटनगर । कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा  विराटनगरमा आयोजित नियमित कार्यालय प्रमुखको बैठकमा उहाँले सरकारको तर्फबाट कार्यसम्पादन गर्ने जिम्मेवारीमा रहनु भएका राष्ट्रसेवक कर्मचारीको काम, कर्तव्य र जिम्मेवारी जवाफदेही हुनुपर्छ भन्नुभयो । उहाँले प्रदेश सरकार र स्थानीय तहले ८० प्रतिशत […]

सरकारले आज नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आज शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै  दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण […]

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

इलाम । इलाम रोङ-६ का दावा स्याङ्बोले एक सय पचास घारमा मौरी पाल्नुभएको छ । विसं २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आउनुभएका उहाँले सेरेना जातका मौरी पाल्नुभएको हो । पाँचवटा छुट्टाछट्टै स्थानमा करिब ४० वटाका दरले घार व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन ।’ उत्पादनको पाँच प्रतिशत मात्र घारका […]

तीन नगरको साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन

दमक । झापाको तीन वटा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन् । कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले सो लगानी गरेका हुन् । कनकाई नगरपालिका–२ मा बायोग्यास उत्पादनगृह छ । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी स्थापना गरेर ती पालिकाले बायोग्यास उत्पादन सुरु गरेका हुन् । कम्पनी सञ्चालक […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.