कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्छ: कोशी प्रदेशका प्रमुख-सचिव डा. काफ्ले

कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्छ: कोशी प्रदेशका प्रमुख-सचिव डा. काफ्ले

विराटनगर । कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा  विराटनगरमा आयोजित नियमित कार्यालय प्रमुखको बैठकमा उहाँले सरकारको तर्फबाट कार्यसम्पादन गर्ने जिम्मेवारीमा रहनु भएका राष्ट्रसेवक कर्मचारीको काम, कर्तव्य र जिम्मेवारी जवाफदेही हुनुपर्छ भन्नुभयो ।

उहाँले प्रदेश सरकार र स्थानीय तहले ८० प्रतिशत बजेट सङ्घबाट नै प्राप्त गर्ने भएकाले बजेटको सही सदुपयोग हुनुपर्ने भन्दै कर्मचारीहरुले सकेसम्म कार्यालयको बेरुजु घटाउनुपर्नेमा जोड दिनुभयो । प्रमुख सचिव डा काफ्लेले प्राकृतिक स्रोतको परिचालन एवम् व्यवस्थापन उचित ढङ्गले गर्नुपर्ने सुझाव दिँदै सरकारको साधन र स्रोत खर्च हुने तर प्रतिफल नआउने किसिमको हुननहुने धारणा राख्नुभयो ।

उहाँले खुला सीमानाका कारण हुने चोरी पैठारीतर्फ सुरक्षा निकायको ध्यान जानुपर्ने भन्दै सार्वजनिक सम्पतिको संरक्षण र उपयोग सही ढङ्गले गर्नुपर्ने बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले विकास निर्माणका कार्यालयले एकआपसमा समन्वय गरेर आफ्ना कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.