अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, विकास संचार, समाचार
शरणार्थी प्रकरण: आज सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ । प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आजमात्रै उनीहरूलाई तीन दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको […]

सुकुम्बासी भन्छन्-‘भूमि आयोगले लगत उठाउन ढिलो किन ?’

दमक । झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरुलाई हटाएको ठाउँमा भू–माफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन् । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले शनिबार आयोजना गरेको भूमिहीन सुकुम्बासी समस्या, चुनौती र समाधान विषयक अन्तक्र्रिया उनीहरूले गरिब, निमुखा सुकुम्बासी हटाएकामा गुनासो गरेका हुन् । कार्यक्रमका सहभागी रमेश मुर्मूले राष्ट्रिय भूमि आयोगका सदस्यलाई बिर्तामोड नगर क्षेत्रभित्रको सुकुम्बासीसम्बन्धी […]

प्रतिनिधि सभाको बैठक जारी

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको आजको बैठक जारी छ । बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ । सरकारले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गर्नु भएको थियो । आजकै बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने तय भएको छ ।

प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि  निजी क्षेत्रसँग हातेमालो गरी हिँड्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिद्वारा शनिवार विराटनगरमा आयोजित पूर्वबजेट अन्तरक्रियामा उहाँले निजी क्षेत्रको सहकार्यमा प्रदेशको कृषिको यान्त्रिकीकरण, उद्योग स्थापना, आयात प्रतिस्थापन र रोजगारी सिर्जना गरिने धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ल्याउन लागेको आगामी […]

नेपालको भुटानसँग एक खर्ब रुपैयाँ व्यापार घाटा, भुटानी पर्यटक भने बढ्दै

काँकडभिट्टा । पछिल्लो पाँच वर्षमा नेपालले भुटानसँग रु एक खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार व्यापार घाटा बेहोरेको छ । बङ्गलादेशपछि भुटान नेपालको नजिक दूरीमा रहेको मुलुक हो । पूर्वीनाका काँकडभिट्टाबाट नेपालसँग भुटान र बङ्गलादेशको व्यापारिक कारोबार हुँदै आएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष […]

सरकारले आज नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आज शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै  दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण […]

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

इलाम । इलाम रोङ-६ का दावा स्याङ्बोले एक सय पचास घारमा मौरी पाल्नुभएको छ । विसं २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आउनुभएका उहाँले सेरेना जातका मौरी पाल्नुभएको हो । पाँचवटा छुट्टाछट्टै स्थानमा करिब ४० वटाका दरले घार व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन ।’ उत्पादनको पाँच प्रतिशत मात्र घारका […]

जलवायु परिवर्तनका प्रभावबारे आजदेखि तीनदिने युवा सम्मेलन

काठमाडौं । जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई सक्षम बनाउने उपायको खोजी गर्ने उद्देश्यले शुक्रबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विश्वका १४ देशका करिब एक सय २० युवाहरूको सहभागिता हुने यो सम्मेलनको मुख्य विषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशीलता, सबैको लागि भलाइ’ रहेको छ । ग्लोबल सेपर्स कम्युनिटी काठमाडौँ र एनसेल एक्जियाटाको […]

नेपालकै ठूलो सौर्य विद्युत् परियोजना झापामा, काम द्रुतगतिमा

काठमाडौं । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक […]

अवैध फोन नियन्त्रण गर्ने लक्ष्यका साथ एमडीएमएस लागू

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० लागू गरेको छ । लामो समयको तयारी पश्चात प्राधिकरणले सोमवारदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेका हो । प्राधिकरणको उक्त निर्णयानुसार नेपालमा दर्ता नभएका मोबाइल फोन सञ्चालनमा आउदैन् । यस्तै वैदेशिक रोजगारीमा छ महिना काम गरेर फर्किएका नेपालीले मात्रै […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.