जलवायु परिवर्तनका प्रभावबारे आजदेखि तीनदिने युवा सम्मेलन

जलवायु परिवर्तनका प्रभावबारे आजदेखि तीनदिने युवा सम्मेलन

काठमाडौं । जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई सक्षम बनाउने उपायको खोजी गर्ने उद्देश्यले शुक्रबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

विश्वका १४ देशका करिब एक सय २० युवाहरूको सहभागिता हुने यो सम्मेलनको मुख्य विषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशीलता, सबैको लागि भलाइ’ रहेको छ । ग्लोबल सेपर्स कम्युनिटी काठमाडौँ र एनसेल एक्जियाटाको संयुक्त आयोजनामा हुन लागेको यो सम्मेलनको दौरानमा सहभागीहरूले जलवायु उत्थानशीलताका लागि नवीनतम् र अन्यत्र लागू गर्न सक्ने समाधानका उपायहरूका बारेमा छलफल गर्ने आयोजकले जनाएको छ ।

यो वर्षको सम्मेलन दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिएकाले ‘सेप साउथ एसिया–२०२३’ नाम दिइएको हो । सम्मेलनमा विभिन्न विषयगत सत्रहरूमा आयोजना हुनेछन् भने युवा तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्थाहरूको आवाज समेटेर एउटा पैरवीपत्र अर्थात् एड्भोकेसी पेपरसमेत जारी गरिनेछ ।

सम्मेलनको दौरानमा सीएनआई, नेपाल चेम्बर अफ कमर्स तथा सीउनआइवाइइएफजस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले जलवायु परिवर्तन न्यूनीकरण गर्न संयुक्त प्रतिबद्धता व्यक्त गर्नेछन् । सम्मेलनमा सहरमा आधारित परियोजनाको घोषणा गरिनेछ भने व्यावसायिक तथा निजी क्षेत्रले जलवायु परिवर्तनमा के–कस्तो योगदान गर्न सक्छन् भन्ने विषयमा छलफल हुनेछ ।

सम्मेलनलाई सहयोग गरेको एनसेलका प्रमुख कार्यकारी जाबोर कायुमोभ भन्नुहुन्छ, “एक्जियाटा समूहको बृहत् रणनीतिक खाकाअन्तर्गतको वातावरणीय, समामाजिक तथा सुशासन नीतिअनुसार दीर्घकालनीन महत्वको योजनामा हाम्रो समर्थन छ । यो अन्तर्राष्ट्रिय सम्मेलनले जलवायु उत्थानशीलताका लागि अपासी सहकार्यको विकास गर्नेछ भने व्यवसाय र पृथ्वी दुवैलाई बाँच्न सक्ने वातावरणको सिर्जना गर्न योगदना गर्नेछ ।”

सम्मेलनको स्थानीय आयोजक ग्लोबल सेपर्स काठमाडौँ रहेको छ भने स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड को–अपरेशन ९एसडिसी०, सेक्युरिटीपल, कोकाकोला, एनआइबील एस क्यापिटल, नबिल बैंक र इसिमोडले सम्मेलनलाई सहयोग गरेका छन् । यसैगरी क्लाइमेट रियाल्टी टिम र योेङ ग्लोबल लिडर्सले सम्मेलनको प्राविधिक पक्षलाई संयोजन गरेका छन् ।

वल्र्ड इकोनोमिक फोरमको सक्रियतामा स्थापना भएको ग्लोबल सेपर्स कम्युनिटीमा विश्वका एक सय २२ देशका चार सय ५० सहरमा केन्द्र (हब ) रहेका छन् । सम्मेलनको दौरानका ग्लोबल सेपर्स काठमाडौँले वातावरण संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणको दिशामा गरेका केही नवीनतम् कार्यलाई प्रस्तत गरिने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.