अपराध, समाचार, समाज
विराटनगर । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन् ? यदि आइरहेका छ भने सावधान त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउनसक्छ । नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यसरी […]
विराटनगर । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन […]
विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् । उनी विरुद्ध केहि दिन अघि पक्राउ पुर्जी जारी भएको थियो । एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेल पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । एसपी नारायण चिमोरियाले आज […]
विराटनगर । नेपाल भारत सीमास्थित मेचीनगर नगरपालिका काँकडभिट्टाबाट प्रहरीले गैँडाको खाग र लागू औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधवार दिउँसो ३.३० बजे मेचीनगर नगरपालिका वडा नं. ६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसको कोठा नं.१०२ बुकिङ गरी बसेका भारत पश्चिम बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामले लागू औषध ल्याई राखेको भन्ने गोप्य सूचनाको आधारमा […]
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ स्थितमा रहेको प्रहरी चौकी नुमको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । मंसिर १८ गते आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यतामा नव निर्मित प्रहरी चौकी नुमको समुद्घाटन भएको हो । नवनिर्मित भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश […]
बिराटनगर । सबै सुबिधा सम्पन्न भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। जहाज दुर्घटनामा क्याप्टेन मनिष शाक्य घाइते भएका छन्। एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ बजे दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। […]
सुमन रायमाझी। २७ वैशाख, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुर बजारमा रहेको नेपाल बैंकका सुरक्षाकर्मी लुटेरासँगको प्रतिकारमा मारिएका छन् । नकाबधारीसँग १ घण्टा भन्दा अधिक प्रतिकार गरेपछि वडा नं. २ पर्सा घर भएका सुरक्षाकर्मी परशुराम फुयालको मृत्यु भएको प्रहरीको अनुमान छ । मध्य राती एक नकाबधारी बैक भित्र प्रवेश गरेको र विहानीपख बाहिरिएको […]
काठमाडौँ । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा विकास बाइवा भन्ने सुजन तामाङ र अर्जुन तामाङ भन्ने कर्मा तामाङ पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यद्वय निशा बानियाँ, उद्धबप्रसाद पुडासैनीको इजलासले निजहरूविरुद्ध तीन सय ३७ जनाको किटानी जाहेरी परेको तथा रु पाँच करोड ५० लाख भन्दाबढी रकम हिनामिना गरेकाले […]
काठमाडौं । सूर्यदर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल० को महासचिवालयले आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो । शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध […]
काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले बताए । यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुदन राउतको मृत्यु भएको थियो ।राउतको गोली लागेर मृत्यु […]