लुटेराबाट बैँक जोगाउन सुरक्षाकर्मीले दिए ज्यान, नकाबधारीसँग लामो प्रतिकारपछि मृत्यु

लुटेराबाट बैँक जोगाउन सुरक्षाकर्मीले दिए ज्यान, नकाबधारीसँग लामो प्रतिकारपछि मृत्यु

सुमन रायमाझी। २७ वैशाख, सप्तरी ।    सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुर बजारमा रहेको नेपाल बैंकका सुरक्षाकर्मी लुटेरासँगको प्रतिकारमा मारिएका छन् । नकाबधारीसँग १ घण्टा भन्दा अधिक प्रतिकार गरेपछि वडा नं. २ पर्सा घर भएका सुरक्षाकर्मी परशुराम फुयालको मृत्यु भएको प्रहरीको अनुमान छ ।

मध्य राती एक नकाबधारी बैक भित्र प्रवेश गरेको र विहानीपख बाहिरिएको सिसिटिभि फुटेजमा देखिएको छ । त्यस अन्तरालमा बैंक लुट्ने नियत राखेर आएका नकाबधारी र सुरक्षाकर्मीबिच निकै लामो भिडन्त भएको देखिएको छ । सुरक्षाकर्मी मारिएपछि लुटेरा बैँक भित्र प्रवेश गरेको र बैकको लकर काट्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । बैँकमा भएकाे क्षतिबारे भने अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रवेशद्वारमा रगत लतपतिएको र दोहोरो झडपपछि नकाबधारीले खुकुरी राखेको फुटेजमा देखिएको स्थानीय मान प्रसाद लुईटेलले जानकारी दिनुभयो । फुटेजमा एउटै व्यक्ति पटक पटक भित्र बाहिर गरेको र फरक पोसाकमा प्रवेश गरेको देखिएको प्रहरीले जनाएको छ। बैंक हाल सिल गरिएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवम् प्रवक्ता ढुंडीराज न्यौपानेले बताउनुभयाे।

Comments are closed.

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.