बिराटनगर ।  सबै सुबिधा सम्पन्न भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। जहाज दुर्घटनामा क्याप्टेन मनिष शाक्य घाइते भएका  छन्।

एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ।   सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ बजे दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।    जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।   जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो।