फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गर्नुभएको हो । उहाँले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ३१ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुभएको […]

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै

काठमाडौं ।  लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि त्यसको कार्यान्वयका लागि तयारी अघि बढाइएको छ । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी, नेपाली र मिश्रित भाषामा छाप्नका लागि आवश्यक तथ्याङ्क सङ्कलनको काम अघि बढाएको छ । गत चैत २१ गतेको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेट […]

उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौं । उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ । समितिका सदस्य कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा रामशङ्कर यादव, सूर्यमान तामाङ (दोङ), कान्तिका सेजुवाल, गणेश पराजुली सदस्य रहनुहुने गरी पाँच सदस्यीय उपसमिति गठन भएको हो । समितिको […]

पशुपतिको जलहरीमा सुन नपुगे मलाई मृत्युदण्ड दिनुस्: सदस्यसचिव डा. थापा

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेकोे पशुपति क्षेत्र विकास कोषमा स्वीकृत दरबन्दीको आधाभन्दा कममात्र जनशक्ति कार्यरत रहेकाले दैनिक काममा समस्या भएको छ । राष्ट्रियसभाअन्तर्गत् राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा कोषका पदाधिकारीले १५ उपसचिव र २५ अधिकृतको पद रिक्त हुँदा कार्यसम्पादनमा समस्या भएको गुनासो गरेका हुन् । कोषमा ३५० जनाको दरबन्दी रहेकामा हाल […]

सिपसँगै स्वरोजगारको अभियानमा इभेन्ट परियोजना, सातसय युवाआत्मनिर्भर निर्भर

 दमक ।  इलामको लारुम्वाक पुष्पा राईले दमकमा सलाइबुनाइ व्यवसाय सुरु गर्नुभएको छ । सानैदेखि सिलाइबुनाइमा रुचि राख्ने राईले दमक १ मा यो व्यवसाय सुरु गर्नुभएको छ ।  लामो समयसम्म बेरोजगार उहाँलाई व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना ९इभेन्ट०बाट लिएको निःशुल्क तीन महिने सिलाइबुनाइ तालिमले व्यवासय सुरु गर्न सक्ने गरी सक्षम बनाएको हो । इभेन्टसँगको सहकार्यमा […]

तराईमा पाँच दिनसम्म तातो हावा चल्ने, आवश्यक सतर्कता अपनाउन आग्रह

विराटनगर । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू) को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । ‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था […]

एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई

काठमाडौँ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा राजेन्द्र गौतमले पदभार ग्रहण गर्नु भएको छ । सोमवार दिउँसो पार्टी मुुख्यालय च्यासलमा एक कार्यक्रमकावीच एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा गौतमले प्रमुखको पदभार ग्रहण गर्नु भएको हो । स्थायी कमिटी सदस्य समेत रहेका नेता गौतमलाई पार्टीले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो । […]

सहकारीले अभिलेखबाट ऋण चुक्ता नगरिदिँदा ऋण लिनेहरु समस्यामा

काठमाडौं। सहकारीबाट ऋण लिएर साँवा र ब्याजसहित चुक्ता गरिसकेकाको ऋण बाँकी भएको भनी बैंक खाता रोक्का गरिएपछि पीडित हुनेको सङ्ख्या बढ्न थालेको छ । लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था असनबाट विसं २०६८ मा रु १५ लाख ऋण लिनुभएका ईन्द्र श्रेष्ठले केही वर्षमै त्यसको साँवा र ब्याज चुक्ता गरिसक्नुभएको छ । सहकारीका उपाध्यक्ष रामेश्वर श्रेष्ठलाई उहाँले पैसा […]

मनसुनबाट १२ लाख ५४ हजार नागरिक जोगाउन सरकारी तयारी

काठमाडौँ । सरकारले यस वर्षको मनसुनबाट १२ लाख ५४ हजार भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरेको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य विपद्बाट नागरिकलाई जोगाउन आवश्यक तयारी भइरहेको बताए । उनका अनुसार कोशी प्रदेशमा ३,०१,१४३ घरधुरीका ६८,९११ नागरिक प्रभावित हुने अनुमान छ । यस्तै मधेस प्रदेशमा४,०३,१८० घरधुरीका ९२,२६१, […]

कला तथा संस्कृति जान्न जरुरी छ, संरक्षणमा पनि जोड दिनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रर्दशनीको आइतवार अवलोकनपछि उहाँले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, सङ्गीतको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.