फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलाशले यस्तो आदेश दिएको हो । सर्वोच्लले प्रदेश सरकारसँग लिखित जवाफ समेत मागेको छ । रिटमा नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम […]

प्रधानमन्त्री प्रचण्डसहित दुई छोरीहरुले दिए सीतालाई दागबत्ती

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दुई छोरीहरुले सीता दाहाललाई दागबत्ती दिएका छन् । बुधबार पशुपति आर्यघाटमा दुई छोरी गंगा र रेणुसँगै प्रधानमन्त्री दाहालले पत्नी सीतालाई दागबत्ती दिएका हुन्। दाहालको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ । दाहसंस्कार गर्नुअघि उनलाई राजकीय सम्मान दिइएको थियो । उनको अन्तिम सं‌स्कारमा शीर्ष दलका नेताहरुसहित कार्यकर्ताहरु आर्यघाट पुगेका थिए । […]

अहिले सरकारमा जान्नौं, २०८४ सालमा एक्लै बहुमत ल्याउने छौं : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेका लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको बताएका छन् । बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु अब मिसन २०८४ मा लागेको बताए । उनले अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैलाउने मात्रै भएको र गठबन्धनका मान्छेहरुको त्यही देखिएको जनाए । अध्यक्ष ओलीले भने, त्यसैले उनीहरु […]

कोशी सरकारविरुद्ध रिटको पेसी न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ । थापालाई असंवैधानिक तवरले मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै उत्प्रेषणमार्फत खारेजीको मागदाबी सहित दायर गरेको रिटमा यसअघि दुई पटक पेसी तोकिएको भए पनि सुनुवाइ हुन सकेको छैन । उक्त रिटको सुनुवाइका लागि तोकिएका पेसी ‘हेर्न […]

ललिता निवास प्रकरणमा भ्रामक सूचना सम्प्रेषण नगर्न सीआईबीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले  एक विज्ञप्ति जारी गरी ललिता निवासको एक सय ४३ रोपनी जग्गाबारे सीआईबीले अनुसन्धान गरेकाले उक्त प्रकरणलाई अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेका हुन् । […]

भोजपुरलाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा

भोजपुर । भोजपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो । यहाँका नौ स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि सोमबार औपचारिकरूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा […]

गोकुलले प्रचण्डलाई सोधे- तपाईँले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा ?

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटालाई आफ्नो देशको प्रधानमन्त्री कहिले पनि कमजोर होस् भन्ने नचाहेको बताएका छन् । उनले आन्तरिकरूपमा जेसुकै भएपनि प्रधानमन्त्री सार्वभौम हुनुपर्ने उनको भनाइ छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै बास्कोटाले भने, ‘तपाईंले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा उचाल्ने संसदमा भन्नुपर्‍यो । हाम्रो प्रधानमन्त्री हामीले बनाएको भन्ने विश्वास दिलाउनुपर्‍यो । […]

रवि लामिछाने र राजेन्द्र लिङ्देनले एकै स्वरमा भने- सदनमा तीन दलमात्रै छैनन्

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन एकै स्वरले प्रस्तुत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादित अभिव्यक्तिलाई लिएर तीन दलका कारण सदन अवरोध भएपछि उनीहरुले विरोध जनाएका हुन् । बैठकमा बोल्दै उनले तीन दलका शीर्ष नेताको मुडले सदन चल्छ रु भन्दै प्रश्न गरे […]

प्रचण्डको स्पष्टीकरण : त्यो नभनेको भए हुन्थ्यो, थोरै भावनामा आएँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको भनाइ कोट गर्दैमा सबै योगदान सकियो त भन्दै प्रश्न उठाएका छन् । भारतका प्रितम सिंहले आफूलाई तपाईँ प्रधानमन्त्री बन्नुपर्छ भनेको प्रसंग उठाउँदा आफ्नो राष्ट्रियताको मान्यता र कन्भिक्सनमा प्रश्न उठाइएको गुनासो गरे । “म दिमाग र मन दुवैले बोल्छु । कहिले मन अगाडि, कहिले दिमाग अगाडि हुन्छ,” प्रचण्डले […]

चान्द्रमासअनुसार साउने सोमवारको व्रत आजदेखि, पशुपतिनाथमा तयारी पूरा

काठमाडौं । चान्द्रमासअनुसार पहिलो साउने सोमवारको व्रत असार २५ गते आजदेखि सुरु हुने भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमवारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमवार […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.