प्रधानमन्त्री प्रचण्डसहित दुई छोरीहरुले दिए सीतालाई दागबत्ती

प्रधानमन्त्री प्रचण्डसहित दुई छोरीहरुले दिए सीतालाई दागबत्ती

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दुई छोरीहरुले सीता दाहाललाई दागबत्ती दिएका छन् । बुधबार पशुपति आर्यघाटमा दुई छोरी गंगा र रेणुसँगै प्रधानमन्त्री दाहालले पत्नी सीतालाई दागबत्ती दिएका हुन्।

दाहालको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ । दाहसंस्कार गर्नुअघि उनलाई राजकीय सम्मान दिइएको थियो । उनको अन्तिम सं‌स्कारमा शीर्ष दलका नेताहरुसहित कार्यकर्ताहरु आर्यघाट पुगेका थिए ।

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको बुधबार बिहान ८ः३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । उनको निधनपछि आकस्मिक रुपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दाहालको निधनमा गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकले प्रधानमन्त्री प्रचण्ड, उनको परिवार र शुभेच्छुकप्रति सरकारका तर्फबाट समवेदना पनि व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.