कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश

कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलाशले यस्तो आदेश दिएको हो । सर्वोच्लले प्रदेश सरकारसँग लिखित जवाफ समेत मागेको छ ।

रिटमा नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको थियो । सरकार गठनका लागि चाहिने ४७ सांसद संख्या गौतमको हस्ताक्षरसमेतलाई जोडेपछि एमालेले प्रचलित संसदीय मूल्य मान्यता र धारा १८६ को उल्लंघन भएको भन्दै थापालाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.