Skip to content
Biratkhabar

Biratkhabar

Primary Menu
  • गृह
  • समाचार
    • समाज
    • अपराध
    • विश्व
  • राजनीति
  • अर्थ वाणिज्य
  • खेलकुद
  • मोफसल
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • साहित्य
  • प्रविधि
  • मनोरञ्जन
  • रोचक प्रसंग
Light/Dark Button
  • Home
  • माहेश्वरी महिला मञ्च विराटनगरले प्रदान गर्यो वाटर फिल्टर प्रति दिन २ हजारले लाभ पाउने
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • विकास संचार
  • समाज

माहेश्वरी महिला मञ्च विराटनगरले प्रदान गर्यो वाटर फिल्टर प्रति दिन २ हजारले लाभ पाउने

विराट खबर 1 year ago 0 comments
0000000

विराटनगर ।  माहेश्वरी महिला मञ्च विराटनगरले शंकरपुरस्थित जनता नमुना माविलाई खानेपानीको फिल्टर प्लान्ट प्रदान गरेको छ ।  मञ्चले विद्यालयका विद्यार्थी, शिक्षक र सर्वसाधारणले समेत सेवा पाउने गरी विद्यालय परिसरभित्र र बाहिर सडकपेटीमा गरी २ ठाउँमा यस्तो प्लान्ट राखेको हो । कुल २ लाख रुपैयाँको लागतमा राखिएका प्लान्टका विद्यालयभित्र र बाहिर दुबैतिरका धाराबाट एक दिनमा २ हजार जनाले लाभ पाउन सक्ने मञ्चले जनाएको छ ।

विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले मंगलबार दुबै ठाउँमा जडित प्लान्टको उदघाटन गरिन् । उपप्रमुख कार्कीले केही समययता मञ्चले गरेका सेवाकार्यमा आफू उपस्थित भएको उल्लेख गर्दै यसबाट प्रभावित रहेको बताइन् । मञ्चका अध्यक्ष राठीले यस परियोजनामा फिल्टर भएको १५ सय लिटर पानी अट्ने स्टोरेज ट्यांक राखिएको र गर्मी महिनामा चिसो पानी उपलब्ध हुने गरी निर्माण गरिएको जानकारी दिइन् । प्लान्टमा ५ तहको फिल्टर भएको र यसले पिउनयोग्य आरओ र युभी सहितको उत्पादन गर्ने अध्यक्ष राठीको भनाइ छ । राठीका अनुसार फिल्टरको प्रति घण्टा १२० लिटर पानी उत्पादन गर्ने क्षमता छ । मञ्चले प्रदान गरेको फिल्टर प्लान्टको मर्मतसम्भार र रेखदेखको काम विद्यालय व्यवस्थापनले गर्ने सहमति भएको छ ।

कार्यक्रममा अध्यक्ष राठी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजविक्रम शाहले सम्झौतापत्र हस्ताक्षरपछि आदानप्रदान समेत गरे । विद्यालयका प्रधानाध्यापक ईश्वर घिमिरेले केही दिन अघिको गर्मीमा विद्यार्थीहरू पर्याप्त पिउने पानी नपाएर अप्ठेरोमा परेको बताए । प्रअ घिमिरेले चर्को गर्मीमा विद्यार्थीहरू प्यासले छट्पटिइरहेका बेला मञ्चका अध्यक्ष राठी र उहाँको समूह आएर पिउने पानीको प्लान्ट राखिदिन्छु भन्दा आफूलाई जलदेवता आएजस्तै लाग्यो भन्ने धारणा व्यक्त गरे । कार्यक्रममा महानगरको वडा नम्बर २ का वडा अध्यक्ष कुमार पोखरेल र माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबराले आआयाम काबराले आआफ्नो विचार व्यक्त गरे ।

About the Author

विराट खबर

Administrator

विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।

Visit Website View All Posts

Post navigation

Previous: ४ जीपीए ल्याउने विद्यार्थीको रोजाई एभरेष्ट नै 
Next: बिराटनगरको अरनिको कलेजमा शैक्षिक सत्र २०८१ मा उत्तिकै भर्नाका बिद्यार्थीहरुको भिड, २२ सयले प्रबेश परिक्षामा सामेल

Related Stories

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0

You May Have Missed

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0
12
  • Uncategorized
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • राजनीति
  • समाचार

मधेश प्रदेशमा कर्मचारीहरु सहित सुरुक्षाकर्मीहरु कुटिए. बर्दी च्यातिए, सार्बजनिक सम्पति फुटाइए अनि मधेश स्वायत्तको नारा

विराट खबर 4 weeks ago 0
Copyright © 2025 All rights reserved. | ReviewNews by AF themes.