अपराध, अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
ललिता निवास प्रकरण : अनुसन्धान गर्न पाँच दिन म्याद थप

काठमाडौं। ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आरोपीलाई आइतवार काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उक्त घटनामा प्रहरीले सञ्चार मन्त्रालयका […]

ललिता निवास जग्गा हिनामिना प्रकरणमा बहालवाला सचिव राउत पक्राउ

काठमाडौं। ललिता निवास जग्गा हिनामिना प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले जनाएको छ । भौतिक मन्त्रालयमा शाखा अधिकृत छँदा राउतले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता […]

राजनीतिक आडमा ठगी गर्ने जुठे राउत पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिहरूलाई क्यानडा पठाउँछु भन्दै ठगी गरेको आरोपमा जुठे राउतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । रोजगारीको सिलसिलामा क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी करोडौँ रकम ठगी गरेको अभियोग पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । सोही उजुरीको आधारमा विभागले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं ०८ घरभई काठमाडौँ […]

तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा बेपत्ताको खोजी कार्य जारी

संखुवासभा ।  संखुवासभामा परेको अविरल बर्षाको कारण बाढी पहिरो आई बेपत्ता भएकाहरुको खोजी कार्यको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरिएको छ । असार २ गते राती आएको बाढी पहिरोमा परी बेपत्ता भएका २१ जना मानिसहरुको उद्दार तथा खोज तलास कार्यमा खटिएका सुरक्षा कर्मीहरुद्वारा उनिहरुको अवस्था हाल सम्म फेला पार्न नसकेकोले तालिम प्राप्त […]

नक्कली भुटानी शरणार्थी प्रकरणका १६ अभियुक्तलाई थुनामा पठाउन आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका दुईबाहेक अन्य अभियुक्तहरूलाई थुनामा पठाउन आदेश गरेको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनाको हकमा थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। सरकारी वकिलहरूले […]

हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु

काठमाडौं । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरुले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ । उनीहरूले फिसिङको माध्यामबाट लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पुर्याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्यूरोले अनुसन्धान थालेको हो । टिकेटिङ प्रणाली ह्याक गरी अनाधिकृत […]

सप्तरीको कृष्णासवरण गाउँपालिका – ५ का वडाध्यक्ष घुससहित पक्राउ

राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।      

धेरै प्रयासपछि म फेसबूक ह्याकरबाट मुक्त भएँ : बालकृष्ण बस्नेत

काठमाडौं । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले लामो पहलपछि फेसबूक ह्याकरबाट मुक्त भएको जनाउनु भएको छ । सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले फेसबूक ह्याक गरेर मेसेन्जरबाट कल आएको र पैसा मागिएको कुरा शुभेच्छुकहरुबाट थाहा पाएको जनाउनु भएको छ । उहाँले फेसबूक दुरुपयोगको हर्कत गर्नेलाई कारवाहीका लागि खोजी […]

रेशम चौधरीलाई माफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयबाट फिर्ता

काठमाडौं । राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जन्मकैदको सजाय तोकिएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाइदिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले प्रचलित कानून, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानूनबमोजिम हुने गरी गर्न भनेर गृहमा फिर्ता पठाइएको बताए। यसैगरी उनका अनुसार पीडितको तर्फबाट परेको […]

मोरङ प्रहरीले ३५ किलो चाँदीसहित तीनजना पक्राउ गर्यो

विराटनगर । मोरङ प्रहरीले चोरीको ३५ किलो चाँदीसहित तीनजजालाई पक्राउ गरेको छ । जेठ ३ गते जयकिशोर चौधरीको घरबाट ३६ किलो चादी र २० तोला चादी चोरी भएको उजुरी परेको थियो । प्रहरीले बुधबार राति १ बजे ३५ किलो चादी र ८ ग्राम सुनसहित विराटनगर महानगरपालिका १२ का २१ वर्षीय राजकुमार कामत, सोही स्थानका १९ […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.