अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय बजार अनुगमन बढाएको छ । ढुसी परेको कोका भेटेपछि महानगरले १ लाख ५० हजार जरिवाना गरेको हो । कालिञ्चोक ट्रेडिङ नेपाललाई महानगरले जरिवाना गरेको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको पत्रमा उल्लेख छ । जरिवाना ७ दिन भित्र […]
गोलबजार (सप्तरी), ४ भदौ । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाकामा राजस्व उठाउने बलान बिहुल–४ बेल्हीस्थित छोटी भन्सार कार्यालय दुई कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आइरहेको छ । सो कार्यालयमा कार्यालय सहयोगी जोगिन्द्र यादव र खडकबहादुर कार्की कार्यरत हुनुहुन्छ भने जिल्लाकै डाक्नेश्वरी नगरपालिकामा रहेको पातो छोटी भन्सार कार्यालय पनि कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेको छ । उक्त दुवै […]
काठमाडौँ, ४ भदौ । भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, वाग्मती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी […]
विराटनगर । कोशी प्रदेशमा आजभोलि नेपाली कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारले प्रदेश सांसद र कर्मचारीलाई विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिरहेको छ । तर कांग्रेस नेता थापा नेतृत्वको सरकारले चुल्हो वितरण गरिरहेका बेला कांग्रेसकै जिम्मेवार नेता तथा सांसदहरुले यसको चर्को विरोध गरिरहेका छन् । यहाँसम्मकि चुल्हो नलिने नै घोषणा गरेका छन् । कोशी प्रदेशमा नेकपा […]
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन आज गालिँदै छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । यसअघि हिजो ‘ब्रेक शू’ बाट सुन छुट्याउने काम भएको थियो । यसरी निकालिएको सुन ६० किलो ७८९ ग्राम रहेको […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएको सुनको परिमाण ६० किलो सात सय ७९ ग्राम रहेको पाइएको छ । सोमवार बरामद भएको ‘ब्रेक शुु ‘ भित्रको सुन निकाल्दा ६० किलो सात सय ७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । तर यसमा अझै केही कालो पदार्थ मिसिएको रहेकाले पगालेपछि तौल […]
विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारले प्रदेश सांसद र कर्मचारीलाई विद्युतीय (इन्डक्सन) चुल्हो वितरण सुरु गरेको छ । तर कोशी प्रदेशसभा सचिवालयले एक करोड रुपैयाँ खर्चिएर किनेको विद्युतीय (इन्डक्सन) चुल्हो वितरणसम्बन्धी विवाद अहिले उत्कर्षमा पुगेको छ । कोशी प्रदेशको खानेपानी, ऊर्जा तथा सिचाई मन्त्रालयले लक्षित वर्गका लागि छुट्याएको बजेटबाट विद्युतीय […]
दमक । भूटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भूटानी शरणार्थीलाई स्वदेश फर्काउन भूटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गर्नुभएको छ । सन् १९९० मा भूटानबाट निर्वासित भएपछि भूटान पिपल्स पार्टीका अध्यक्ष पौडेल झापाको विर्तामोडमा शरणार्थी जीवन बिताइरहनु भएको छ । उहाँले भूटानका राजा नाम्ग्याललाई यही जुलाई ३० तारिखमा पत्र पठाएर उक्त […]
काठमाडौं। सरकारले एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टीकृत निकाय भएकाले ब्युरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन्। क्विन्टल सुन प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान जारी छ । उच्च सरकारी स्रोतका अनुसार, […]
कोशी । इलामको सूर्योदय नगरपालिका ८ मा रहेको सयपत्री चिया उत्पादन तथा प्रशोधन केन्द्रले चिया प्रशोधनका लागि प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५र७६ मा २९ लाख ९२ हजार ४३० रुपैयाँ अनुदान लियो। तर अहिले सहकारीमार्फत सञ्चालित सो चिया उत्पादन केन्द्र व्यक्तिलाई बिक्री गरिएको छ। प्रदेश सरकारबाट अनुदान लिएर सहकारीमार्फत सञ्चालन हुँदै आएको केन्द्र, आर्थिक रूपमा संकटग्रस्त […]