बिराटनगर । कोशी प्रदेश सरकारले १८ गते देखि लगानी सम्मेलनका लागि सबै प्रकिया पुरा गरी सकेको छ । अबको २ दिनमा भब्य समारोहको बिच लगानी सम्मेलनको उदघाटन प्रधानमन्त्रि केपी शर्मा ओलीबाट हुनेछ । कोशी प्रदेशमा २०८२ वैशाख १८ र १९ गते लगानी सम्मेलन आयोजना गरिने तयारी भइरहेको छ । कोशी प्रदेशका मुख्यमन्त्री एवं लगानी सम्मेलनका संयोजक हिक्मतकुमार कार्कीले पहिलो लगानी सम्मेलनबाट १ खर्ब ७० करोड रुपैयाँ बराबरको परियोजनामा लगानी भित्र्याउन लागेको बताए ।
कोशी प्रदेशको कृषि, उर्जा, पर्यटन, आइटी सहित ५४ वटा परियोजनाका लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याउन लागेको मुख्यमन्त्री कार्कीले बताए । कोशी प्रदेश सरकारको परियोजना, निजी क्षेत्रको परियोजना र स्थानीय तहको परियोजना छनौट भएको र यसरी छनौट भएको परियोजनाका लागि स्वदेशी तथा विदेशी लगानी कर्ताहरूसँग लगानी सम्मेलनको दोस्रो दिन वैशाख १९ गते विराटनगरमा हस्ताक्षर हुने कार्यक्रम रहेको मुख्यमन्त्री कार्कीले बताए ।
२०८२ वैशाख १८ गते विराटनगरको वीरेन्द्र सभा गृहमा लगानी सम्मेलनको उद्घाटन हुने कार्यक्रम रहेको छ । ७ देशका लगानी कर्ता लगानी सम्मेलनमा सहभागी हुने छ । वैशाख १९ गते लगानी सम्मेलनको दोस्रो दिन नेपालमा लगानी गर्न चाहने लगानी कर्ताले लगानी गर्ने कम्पनी सँग हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । विराटनगरको वीरेन्द्र सभागृहमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने छन् ।