अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार, समाज
काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८ दशमलव आठ […]
दिल्ली । योग गुरुको रुपमा चर्चित बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले भ्रामक विज्ञापन गरेको विषयमा माफी मागेका छन् । नयाँ दिल्लीस्थित सर्वोच्च अदालतमा उभ्याइएका उनीहरुले इजलासमै माफी मागेका हुन् । रामदेव पतञ्जलीका संस्थापक हुन् भने आचार्य बालकृष्ण अहिले कम्पनीको म्यानेजिङ डाइरेक्टर र सिइओ छन् । कोराना महामारीका बेला पतञ्जलीले आफ्नो आयुर्वेदिक औषधीको प्रयोगले […]
काठमाडौं । नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २(१ ले गुमाएको छ । २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक […]
विराटनगर । साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो केही समययता क्यान्सर रोगबाट पीडित सुवेदीको उपचारकै क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो । उनका छोरा शरदराज सुवेदीका अनुसार बुधबार बिहान ३ बजे सुवेदीको निधन भएको हो । उनको विराटनगरस्थित परोपकार घाटमा बुधबार दाहसंस्कार गरिएको […]
काठमाडौँ । आज तराईका जिल्लाहरूमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरूमा पूर्णिमाका दिन होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ […]
विराटनगर। कोसी प्रदेशका पूर्वसभासदस्य विन्दीया कार्कीलाई कोसी प्रदेश सरकारले कोसी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा चयन भएकी छन । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा शुक्रबार सम्पन्न मन्त्रीपरिषद् बैठकले बोर्डको उपाध्यक्षमा कार्कीसहित सदस्यमा मदन खड्का र गौरीमान राई नियुक्त गरिएको स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले जानकारी दिए । यसअघि उपाध्यक्षमा जिनाजङ कार्की रहेकी थिइन् । हाल […]
धनकुटा । विपद् व्यवस्थापनका लागि ध्यानाकर्षण गराउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक हवाईजहाजभित्र बसेको छ । पाख्रिबास नगरपालिकाको वनभोजस्थलमा निर्मित हवाईजहाज बैठक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । उहाँले खडेरी र वर्षात्को मौसमसँगै सुरु हुने विपद् र क्षतिप्रति सबैलाई सजग गर्न समितिको बैठक प्रमुख पर्यटकीयस्थल सनसारीमाई सिमसार क्षेत्रमा […]
विराटनगर । पानी परेपछि पूर्वी क्षेत्रका किसान खुसी भएका छन् । यसअघि तुलनात्मकरूपमा पश्चिमी क्षेत्रमा केही बढी वर्षा तथा हिमपात भए पनि पूर्वी क्षेत्रमा सुक्खा भएको थियो । तर मंगलवार रातिदेखि पूर्वी क्षेत्रमा पनि वर्षा भएको हो । पछिल्लो १२ घण्टामा बाग्मती प्रदेश र त्यसभन्दा पूर्वी क्षेत्रको धेरैजसो ठाउँमा वर्षा भएको छ । पानी परेका […]
विराटनगर । दुई दिनअघि भोजपुरको हतुवागढी ७ पिप्लेमा भएको आगलागीमा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भयो । प्रहरीका अनुसार आगलागीमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षीय बालिका दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको मृत्यु भएको हो । उनीहरू एकै परिवारका हुन् । घरको खोल्मामा बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरूको मृत्यु […]
उर्लाबारी । भट्टराई कुल वंश प्रतिष्ठान कोशी प्रदेश समितिको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। मोरङको उर्लाबारी–४ स्थित जय वशिष्ठ रिसोर्टमा शनिबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट उर्लाबारीका चन्द्रबहादुर भट्टराई (भरत)को अध्यक्षतामा ४३ सदस्यीय प्रदेश समिति चयन भएको छ । समितिको उपाध्यक्षमा मणिन्द्र भट्टराई सुनसरी, ओमप्रकाश भट्टराई झापा, महिला उपाध्यक्षमा रेनुका भट्टराई तेह्रथुम, सचिवमा […]