पानी परेपछि पूर्वी क्षेत्रका किसान खुसी, मकै छर्न सजिलो

पानी परेपछि पूर्वी क्षेत्रका किसान खुसी, मकै छर्न सजिलो

विराटनगर । पानी परेपछि पूर्वी क्षेत्रका किसान खुसी भएका छन् । यसअघि तुलनात्मकरूपमा पश्चिमी क्षेत्रमा केही बढी वर्षा तथा हिमपात भए पनि पूर्वी क्षेत्रमा सुक्खा भएको थियो । तर मंगलवार रातिदेखि पूर्वी क्षेत्रमा पनि वर्षा भएको हो ।

पछिल्लो १२ घण्टामा बाग्मती प्रदेश र त्यसभन्दा पूर्वी क्षेत्रको धेरैजसो ठाउँमा वर्षा भएको छ । पानी परेका कारण मकै छर्न सजिलो भएको इलामका किसान मातृका खतिवडाले बताउनुभयो ।

यस्तै पूर्वी पहाडमा धेरै खेती भइरहेको अलैँची खेतीलाई पनि वर्षाले फाइदा पुर्‍याएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आलुखेतीलाई फाइदा पुगेको र वर्षाले पहाडी तथा तराई क्षेत्रमा गहुँ, मकै, तोरी तरकारी बालीका लागि राम्रो भएको बालीविद् डा। डिल्लीराम शर्माले बताउनुभयो ।

आजदेखि परेको पानी काठमाण्डौ उपत्यकामा आज बेलुकासम्म र कोशी तथा मधेश प्रदेशमा पर्सि शुक्रवारसम्म पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले बताउनुभयो । लामो समयको खडेरीका कारण खेतबारीमा सुक्खा लागेको बेला भएको वर्षाले आफूहरूलाई खुशी बनाएको किसानको भनाइ छ । यस्तै पछिल्लो केही हप्तादेखि विभिन्न जङ्गलमा भइरहेको डढेलो निभाउन पनि यो वर्षा सहयोगी बनेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.