फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, विकास संचार, समाचार
अतिरिक्त शुल्क उठाउने कार्य तत्काल बन्द गर्न प्रसारण विभागको आग्रह

काठमाडौं । सूचना तथा प्रसारण विभागले केही वितरक संस्थाले ग्राहकबाट अतिरिक्त शुल्क लिन थालेको भन्दै सो कार्य तत्काल बन्द गर्न भनेको छ । सरकारको उद्देश्यविपरीत इन्टरनेट र टेलिभिजन वितरणको शुल्क छुट्याउने नाममा थप शुल्क उठाइरहेको भन्दै अतिरिक्त शुल्क उठाउने कार्य तत्काल बन्द गर्न भनेको हो । केही वितरक संस्थाले उपभोक्तामा पर्ने शुल्कभार कम गर्ने नेपाल […]

दुई डिग्री सेन्टिग्रेड तापक्रम बढे ४० प्रतिशत हिउँ लोप हुने खतरा

काठमाडौं । एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ । नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०ले मंगलबार सार्वजनिक गरेको एक अध्ययनअनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला […]

ताप्लेजुङ र सङ्खुवासभामा अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढीमा परेर बेपत्ता भएकाहरुको चाँडो खोजी  गर्न सरकारलाई आग्रह पनि गर्नुभयो । सांसद ईश्वरीदेवी न्यौपानेले भन्नुभयो, “अनागरिक हुनाको पीडा नागरिकताबाट वञ्चित हुनेलाई मात्रै […]

सङ्खुवासभा बाढीपहिरो : बेपत्ताको खोजी जारी

खाँदबारी । सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिराबाट बेपत्ता भएकाहरुको खोजी आज पनि जारी छ । बाढी पहिरामा परेर बेपत्ता भएकाहरुको खोज जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका  प्रहरी नायव उपरीक्षक  वीरेन्द्र गोदारले […]

धनकुटाको साँगुरीगढीस्थित ध्वजे डाँडामा २२ देशको झन्डा

धनकुटा। पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ । गाउँपालिकाले आज एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ । झन्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झन्डाहरू राखिएको जानकारी दिनुभयो […]

कोशी प्रदेश मन्त्रिपरिषद् निर्णय : बाढी पहिराबाट मृत्यु हुनेलाई एक लाख राहत

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई रु. एक लाख र घाइतेलाई उपचारका रु ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो । त्यसैगरी, बैठकले कोशी प्रदेश […]

नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात

काठमाडौं । विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो । बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक पनि राम्रो मानिन्छ । कम्पनीका सञ्चालन प्रबन्धक शालिकराम खत्रीका अनुसार खेलमा रुचि राख्ने र यसैलाई करिअर बनाउन […]

उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ: प्रधानमन्त्री दाहाल

सङ्खुवासभा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा सोमवार सङ्खुवासभा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले युद्धस्तरमै प्रभावित नागरिकको व्यवस्थापनको काम भइरहेको बताउनुभयो । तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार र स्थानान्तरणका […]

कोशी प्रदेश सरकार र पुनःनामकरण संघर्ष समिति निरन्तर वार्ता गरेर सहमतिमा पुग्ने

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश नं १ पुनःनामकरण संयुक्त संघर्ष समितिबीच भएको वार्ता सकारात्मक भएको छ ।वार्तापछि कुरा गर्दै सरकारकातर्फबाट वार्ता समितिका संयोजक तथा खानेपानी, सिँचाई तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले आगामी दिनमा फेरि बैठक बस्ने गरी आजको वार्तामा सहमति भएको जानकारी दिनुभयो । वार्ताका क्रममा विषयवस्तुमाथि छलफल तथा आगामी दिनमा सहमतिमै निरन्तर वार्ताको […]

झापा कारागारमा एक कैदीबन्दीको मृत्यु

भद्रपुर । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ निवासी २८ वर्षीय देवेन्द्र थापा रहेको झापा कारागार भद्रपुरले जनाएको छ । आइतबार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिएका छन् […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.