झापा कारागारमा एक कैदीबन्दीको मृत्यु

झापा कारागारमा एक कैदीबन्दीको मृत्यु

भद्रपुर । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ निवासी २८ वर्षीय देवेन्द्र थापा रहेको झापा कारागार भद्रपुरले जनाएको छ ।

आइतबार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिएका छन् ।

१६ असार २०७८ देखि लागुऔषध मुद्दामा कारागारमा जेल जीवन बिताइरहेका थापाको कैद समयावधि ५ वर्ष रहेको कारागार प्रमुख पनेरूले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.