खेलकुद, समाचार
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । अलराउन्डर अशोक धामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनल पुगेको छ । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले ३३।५ ओभरमा ९९ रनमा अल आउट भयो । मलेसियाका मोहम्मद […]

बाढीमा बेपत्ता एकजनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता

संखुवासभा । संखुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए । चैनपुर नगरपालिका–११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको […]

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अभियोगमा उनी विशेष अदालतबाट दोषी ठहर भएका हुन् ।

कोशीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत, एमाले सबै प्रदेश सरकारबाट बाहिरियो

काठमाडौं । मंसिर ४ को चुनावपछि कांग्रेससँगको गठबन्धन भत्काएर माओवादी केन्द्रसहितको समीकरण बनाउँदा ७ मध्ये ४ वटा प्रदेश सरकारको नेतृत्व गरेको एमाले अहिले सबै प्रदेशबाट बाहिरिएको छ । एमाले नेतृत्वको ७ दलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएसँगै एमाले संघदेखि प्रदेशसम्म सरकारबाट बढारिएको हो । पुस १० गते बनेको सातदलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनमा आइपुग्दा टुटेको थियो […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीे आज विश्वासको मत लिने तयारीमा

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा स्थगित भएको थियो । मुख्यमन्त्री कार्की प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ […]

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, दिनभरि नखुल्ने

चितवन । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खस्ने क्रम जारी छ । पन्छाउने तयारी […]

‘आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको थिएँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताउनु भएको छ । आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको उहाँले जनाउनु भयो । धान दिवसको कार्यक्रममा सहभागी हुन बिहीबार चितवन पुगेका उहाँले सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, […]

कोशीमा सर्वपक्षीय सरकार सम्भव नभए मध्यावधिमा जाने अवस्था आउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनसमक्ष विश्वासको मत मागेका छन् । बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै कार्कीले सर्वपक्षीय सरकारको विकल्प नरहेको बताए । त्यसका लागि आफू तयार रहेको उनले बताएका छन् । ‘विनाकारण प्रदेश संरचनालाई जनताको अगाडि मुखै देखाउन नहुने जुन खालका काम हामीले गरिरहेका छौं साथीहरू । फेरि पनि भोलि […]

एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

काठमाण्डौ – नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा यथावत् रहेको छ । काठमाडौं । नेपाल ३८ खेलमा ३५ रेटिङका साथ १४ औँ स्थानमा छ । नेपालले यही हप्ता आईसीसी विश्वकप छनोटमा चारमध्ये तीन खेलमा पराजित भए पनि […]

कोशी प्रदेशमा विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जसपाको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा आफूलाई विश्वासको मत दिने गरेको प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश कमिटी बैठकले मुख्यमन्त्री कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय नगरेको गरेको हो । यसअघि कांग्रेस, माओवादी, एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.