बागलुङ। मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंमाथि बागलुङमा कुटपिट भएको छ । बागलुङ नगरपालिका–३ स्थित बाघको शालिक भन्ने ठाउँमा आयोजित ‘नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रममा सम्बोधन गर्न पुगेका उनीमाथि एक स्थानीयले मुक्का प्रहार गरेका हुन् ।

सम्बोधनका लागि मञ्चमा उक्लिने क्रममा उनलाई एक युवकले हातपात गरेको जानकारी दिँदै जिल्ला प्रशासन कार्यालय, बागलुङले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

सार्वजनिक एक भिडियोमा दलबलसहित नमस्कार गर्दै हिंडिरहेका प्रसाईंमाथि एक युवकले ताकेर मुक्का हानेको देखिन्छ । कुटपिट गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।