कोशी प्रदेश सभामुखले संविधानको ठाडो उल्लंघन गरेको आरोप, बैठक अनिश्चितकालसम्मका लागि स्थगित

कोशी प्रदेश सभामुखले संविधानको ठाडो उल्लंघन गरेको आरोप, बैठक अनिश्चितकालसम्मका लागि स्थगित

विराटनगर । नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । बुधबार सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गरेलगतै एमाले र राप्रपाले उठेर विरोध गरेका थिए । त्यसपछि सभाध्यक्ष विरुद्ध नाराबाजी गर्दै बैठक कक्ष छाडेर बाहिरिएपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

आजको बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो । तर प्रतिपक्षले संसद बैठक बहिस्कार गरेपछि कार्यसूचीमा बैठक प्रवेश गर्न सकेन् ।

विश्वासको मत लिने प्रक्रियामा सभाध्याबाट गैर संवैधानिक, गैर संसदीय अभ्यास भएका कारण बुधवारको बैठक बहिस्कार गरेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । त्यसपछि बोलेका एमाले सांसद तिलकुमार मेन्याङ्बोले अध्यक्षता गर्ने व्यक्तीले असंवैधानिक काम गरेको बताए ।

सभामुखले संविधानको ठाडो उल्लङ्घन गरेको बताउँदै उनले फेरि असंवैधानिक कदम हुनसक्ने भएकाले संसद बैठक बहिस्कार गरेको बताए । त्यसपछि एमाले सांसद असंवैधानिक कदम मुर्दाबाद भन्दै संसदबाट बाहिरिएका थिए । सांसद बाहिरिएपछि सभाध्यक्ष इस्राइल मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.