कोशीका मुख्यमन्त्री थापाको विश्वासको मतविरुद्ध एमाले फेरि सर्वोच्च अदालत जाने

कोशीका मुख्यमन्त्री थापाको विश्वासको मतविरुद्ध एमाले फेरि सर्वोच्च अदालत जाने

विराटनगर । कोशी प्रदेशमा एकपछि अर्को राजनीतिक तरंग आउने भएको छ । फेरि पनि वर्तमान मुख्यमन्त्री उद्धव थापाको पद धरापमा पर्ने संकेत देखिएको छ । अब मुख्यमन्त्री थापाको विश्वासको मतविरुद्ध नेकपा एमाले फेरि सर्वोच्च अदालत जाने भएको छ । संविधान मिचेर प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमाले सर्वोच्च जाने भएको हो ।

प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकोले अदालत जान लागेको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् । मंगलबार विराटनगरमा प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारणसभामा बोल्दै कार्कीले एमालेसँग अदालत जानुबाहेक अर्को विकल्प नभएको बताए ।

प्रदेशसभाकी सभामुखले सभा छाडेर काठमाडौँ गएपछि प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका काँग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए ।मन्सुरीले विश्वासको मत लिने बैठक सञ्चालन गरेर मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेको बेला अध्यक्षको आसनमा अध्यक्ष मण्डलमा रहेकी गिता तिम्सिनालाई बोलाएर आफूले मतदान गरेका थिए ।

मन्सुरीसमेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरि प्रदेशसभामा विश्वसको मत पाएका थिए भने विपक्षमा ३० मत परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.