कोशी प्रदेश सरकार प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने तयारीमा

कोशी प्रदेश सरकार प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने तयारीमा

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको छ । उपसभामुख सिर्जना दनुवार बिदामा रहेको र उपसभामुख दनुवारले सभाध्यक्षको जिम्मेवारी दिइएका इस्राइल मन्सुरीले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिएको भन्दै एमालेले समग्र प्रक्रियाकै विरोध गर्ने जनाएको छ । यसको अर्थ एमालेले मन्सुरीको अध्यक्षतामा चल्ने प्रदेशसभा बैठक अवरुद्ध गर्ने निश्चित छ ।

त्यसको उदाहरण मंगलबार विराटनगरस्थित होटेल स्टर्न स्टारमा प्रदेशसभा सचिवालयले आयोजना गरेको कानुन निर्माण, कार्यान्वयन सम्बन्धी कार्यक्रम नै काफी छ । उक्त कार्यक्रममा प्रदेशसभाको अध्यक्षको जिम्मेवारी पाएका मन्सुरीलाई अध्यक्षता गराउने प्रदेशसभा सचिवालयको तयारी थियो । तर, एमालेले विरोध गरेपछि प्रदेशसभाका प्रमुख सचिव गोपाल पराजुलीले कार्यक्रमको अध्यक्षता गरे भने उनै पराजुलीले कार्यक्रमको उद्घाटन गरेका थिए ।

यो घटनाले प्रदेशसभामा मन्सुरीले प्रदेशसभा सञ्चालन गर्ने अवस्था नरहेको सचिवालयको बुझाइ छ । ‘बाह्य कार्यक्रमको अध्यक्षता गराउन त सकिएन प्रदेशसभा कसरी सञ्चालन होला र ?,’ सचिवालयका एक कर्मचारीले भने, ‘प्रदेशसभाको अधिवेशन आज भोलि नै अन्त्य भए आश्चर्य नमाने हुन्छ ।’

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि एमाले मुख्यमन्त्रीलाई विश्वासको मत पुर्याउन गरिएको खेलको विरुद्धमा आफूहरु रहेको बताए । ‘हामी समग्र प्रक्रियाको विरोधमा छौँ, भोली प्रदेशसभाको बैठक बसे पनि हामी यो प्रक्रियाको विरोध गर्छौँ,’ भण्डारीले भने, ‘सभाध्यक्षले ठिक रोल खेल्यो, खेलेन भन्ने भन्दा पनि गठबन्धनले गरिरहेको क्रियाकलाप ठिक छैन ।’ यसको अर्थ बुधबार ९भोलि० बस्ने भनिएको प्रदेशसभाको बैठक चल्न नदिने एमालेको रणनीति भएको सत्तापक्षका नेताहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.