कोशी प्रहरी प्रमुख : सुरक्षा अवस्था चुस्तदुरुस्त बनाउन झापाका प्रहरी प्रमुखलगायत युनिट इन्चार्जलाई निर्देशन

कोशी प्रहरी प्रमुख : सुरक्षा अवस्था चुस्तदुरुस्त बनाउन झापाका प्रहरी प्रमुखलगायत युनिट इन्चार्जलाई निर्देशन

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले झापा जिल्लाभित्र रहेका प्रहरी युनिटका प्रमुखहरुलाई भर्चुअल माध्यमद्वारा आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा उहाँले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई थप चुस्तदुरुस्त बनाउन निर्देशन दिनु भयो ।

यसैगरी खुल्ला सिमानाको कारण हुने विभिन्न आपराधिक गतिविधि, लागुऔषधको प्रयोग,ओसारपसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न निर्देशन पनि दिनुभयो । निर्देशनकै क्रममा प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बास्तोलाले शून्य सहनशीलताको नीतिलाई अक्षरसः पालना गरी कार्य गर्न, होटेलहरुमा हुने अवान्छित क्रियाकलापको नियन्त्रण, नदीजन्य पदार्थको दोहन नियन्त्रण, सीमा क्षेत्रमा कडाइका साथै यसको उचित व्यवस्था मिलाउन विशेष ध्यान दिन सुझाव दिनु भयो ।

साथै राजश्व चुहावटका घटनाहरुलाई नियन्त्रण गर्नका साथै सचेतनामूलक कार्यक्रम तीव्ररुपमा संचालन गरी चेतनामा अभिवृद्धि गराउने, कार्यालय सुन्दरतामा विशेष ध्यान दिन र विभागीय नीति निर्देशनलाई अक्षरसः पालना गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरुले आफ्नो पदीय जिम्मेवारीअनुसार त्रुटिरहित ढंगले कार्य गर्न बास्तोलाले निर्देशन दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.