विभिन्न निर्णय गर्दै प्रेस चौतारीको इलाम जिल्ला भेला तथा प्रशिक्षण सम्पन्न

विभिन्न निर्णय गर्दै प्रेस चौतारीको इलाम जिल्ला भेला तथा प्रशिक्षण सम्पन्न

इलाम । प्रेस चौतारी नेपाल जिल्ला कमिटी इलामको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण शनिबार सम्पन्न भएको छ । इलामको इलाम नगरपालिकाको भवनमा सम्पन्न भेलाले विभिन्न निर्णय पनि गरेको छ । भेलाबाट भएका निर्णयहरुमा ५१ सदस्यीय जिल्ला कमिटी विस्तार गर्ने, आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने, उम्मेद्धार छनौट समन्वय समिति, निर्वाचन व्यवस्थापन समिति, निर्वाचनका लागि आर्थिक संकलन र व्यवस्थापन समिति गठन लगायत रहेका छन् ।

उम्मेद्धार छनौट समन्वय समितिमा सटेन्द्र जवेगुको संयोजकत्वमा सदस्यहरु प्रकाश अधिकारी, भीम चाँपागाई रहेका छन् । यस्तै विमल कुमार दहालको संयोजकत्वमा सदस्यहरु रमेश पराजुली, किरण पौड्याल, भगीरथ भण्डारी, सुजता सुनुवार, ख्याम भूजेल र योगेन्द्र शंकर रहने गरी निर्वाचन व्यवस्थापन समिति समेत गठन भएको छ ।

यसैगरी निर्वाचनका लागि आर्थिक संकलन र व्यवस्थापन समितिमा भने भगीरथ भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ । जसमा सदस्यहरुमा अतित योङहाङ, बबिता मैनाली, बलराम बराइली र किरण पौड्याल रहेका छन् । प्रेस चौतारी  इलाम जिल्ला अध्यक्ष विमलकुमार दहालको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षणमा पत्रकार महासंघका केन्द्रीय सस्दय सटेन्द्र जवेगु, प्रेस चौतारी  कोशी प्रदेशका अध्यक्ष अविजाल विष्ट, एमाले जिल्ला तथा प्रदेशस्तरीय नेता लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.