काँकरभिट्टा नाकाबाट नौ महिनामा साढे चार अर्बको तरकारी र फलफूल आयात

काँकरभिट्टा नाकाबाट नौ महिनामा साढे चार अर्बको तरकारी र फलफूल आयात

दमक । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्ममा काँकरभिट्टा नाकाबाट एक लाख ८० हजार आठ सय १७ मेट्रिक टन तरकारी तथा फलफूल नेपाल भित्रिएको छ ।

भारतबाट ताजा फलफूलभन्दा झन्डै दोब्बर मूल्य बराबरको तरकारी नेपाल भित्रिने गरेको छ । नौ महिने अवधिमा रु दुई अर्ब ६२ करोड ६३ लाख ५३ हजार मूल्य बराबरको एक लाख ४७ हजार छ सय ५३ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको पाइएको छ । सोही अवधिमा रु एक अर्ब ७९ करोड १० लाख ३६ हजार मूल्य बराबरको ३३ हजार एक सय ६४ मेट्रिक टन ताजा फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.